+
+
Shares

जारको पानीको मूल्य नबढाउन व्यवसायी सहमत

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज २७ गते १५:२०

२७ असोज, काठमाडौं । जारमा भरिएको प्रशोधित पिउने पानीको मूल्य बढाउने निर्णयबाट नेपाल बोटलर्स वाटर एसोसिएसन पछि हटेको छ ।

पानीको मूल्य बढाउने निर्णय फिर्ता नलिए पक्राउ गर्ने वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको चेतावनीपछि निर्णय फिर्ता लिन व्यवसायीहरुले विभागसँग लिखित सहमति गरेको विभागका निर्देशक एवं सूचना अधिकारी रवीन्द्र आचार्यले बताए ।

‘मूल्य बढेको विषयमा सोधपुछ गर्न विभागले व्यवसायीलाई बोलाएको र कानूनअनुसार सरकारले पक्राउ गरेर थुन्ने हो वा मूल्य घटाउन सहमत हुने लिखित सम्झौता भन्ने हाम्रो प्रश्नपछि व्यवसायी पछि हटे,’ निर्देशक आचार्यले भने ।

लिखित सर्कुलर गरेर मूल्य नबढाउन एसोसिएसनले विभागसँग सम्झौता गरेको पनि उनले जानकारी दिए । विभागसँगको सहमति कार्यन्वयन भए नभएको बजारमा हेरिने र नभएको पाइए दण्ड गरिने विभागले जनाएको छ ।

बजार अनुगमनममा निस्किएको विभागको टोलीलाई पानीको खरिद र बिक्री जाँच गर्न निर्देशन दिइएको पनि विभागले जनाएको छ ।

वाणिज्य विभागसँगको सहमतिमा भन्दै केही दिनअघि नेपाल बोटलर्स वाटर एसोसिएसनले जारको पिउने पानीको मूल्य तोकेको थियो । बजारमा २५ रुपैयाँ प्रतिजारदेखि ४५ रुपैयाँमा बिक्री भइरहेको पानीको अधिकतम् खुद्रा बिक्री मूल्य ५० रुपैयाँ तोकिएपछि उपभोक्ता मारमा परेका थिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?