Comments Add Comment

जावाको प्रतीक्षा सकियो, लिजेन्ड्स अब नेपालमा

२७ असोज, काठमाडौं । नेपालमा आफ्नो बिक्रीको पदचिहृन विस्तार गर्दै क्लासिक लिजेन्ड्सले नेपालमा जावा मोटरसाइकलको बजार प्रवेश गराएको छ ।

नेपालमा महिन्द्रा टु व्हीलर्स एन्ड जेनेरेटर्सको आधिकारिक विक्रेता अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंक प्रालिसँगको सहकार्यमा डिलरसीपका बिक्री कक्षहरूको उद्घाटनको घोषणा गरेको छ । यो घोषणा कार्यक्रम अग्नि मोटोइंकको आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष प्रशारण गरिएको हो ।

भर्चुअल रुपमा आयोजित बजार प्रवेश कार्यक्रमलाई सञ्जय गुप्ता र सागरिक श्रेष्ठले सञ्चालन गरेका थिए भने अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले जावा मोटरसाइकलहरुकौ अनावरण गरे ।

जावा सिगंल च्यानल एबीएस मोडलको मूल्य रु ६ लाख ४८  हजार ५०० तथा यसको अर्को भेरिएन्ट जावा डुअल च्यानल एबीएसको मूल्य रु ६ लाख ७६ हजार ५ सय तोकिएको छ, जहाँ मोडल जावा फोर्टी टु भरियन्टमा आएका छन्, जावा-फोर्टी टु सिंगल च्यानल  एबीएस र जावा-फोर्टीटु डुअल च्यानल एबीसीएसको मूल्य क्रमसः  रु ६ लाख २० हजार र रु. ६ लाख ४८ हजार रहेको छ ।

नेेपालमा जावा तीन रंगका भेरिएन्टमा उपलब्ध हुनेछन्, ब्ल्याक, मरुन र ग्रे । यसैगरी जावा फोर्टी टु ६ रंगका भेरिएन्टमा उपलब्ध हुनेछ ल्युमस लाइम, हृपालिज् टिल, गलार्टिक गि्रन, स्टारलाइट ब्लु, कमेड रेड, नेबुला ब्लु । इच्छुक क्रेताहरूले मोटो इंकका नजिकका आधिकारिक शोरुममा जान सकिनेछ ।

अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले भर्चुअल समारोहमा भने, ‘हामी आज यस्तो दिनमा छौं, जुन दिनका लागि नेपालका मोटर साइकल चालक -राइडिङ समूह), जावाप्रेमीहरू लामो समयदेखि प्रतीक्षारत थिए, उहाँह?माझ यी क्लासिक मोटरसाइकल ल्याउन पाउँदा  हामी उत्साहित भइरहेका छौं ।’

उनले अघि भने,’यो यात्राका लागि एक्लो विचार होइन, जावा एउटा साथीका रूपमा पनि आएको छ । सबैभन्दा अलग कुरा के हो भने जब तपाईंले जावामा हात उठाउनु हुन्छ, त्यसबेला तपाईं इतिहासको एउटा खण्डमा आˆनो हात राख्दै हुनुहुन्छ ।’

‘यस मोटरसाइकलले मोटर रेसहरूमा प्रभुत्व जमाएको छ, विश्वभरि थुप्रै पदकहरू जित्यो, मानिसहरूको मन जित्यो  र जावालाई आइकनिक बनाउने कुरालाई पुस्तौंदेखि हस्तान्तरण हुँदै आएको यसको डिजाईन र प्रदर्शन हो । र जाभाको पुनर्जीवनका पछाडि रहेको क्लासिक लेजेन्ड्सले यी धेरै पक्षहरूलाई कायमै राखेको छ । र,  हामीसँग हाम्रो हातमा जे छ, त्यो आधुनिक प्रविधिले भरिएको क्लासिक लुकमा छ । भरपर्दो, अतुलनीय, अटुट जाभा एक क्लासिक र लिजेन्ड्री मोटरसाइकल हो । र, अग्नि समूहका हामी सबै क्लासिक लिजेन्ड्ससँग साझेदारी गरेर नेपालमा यो लिजेन्ड्सलाई अन्ततः नेपालमा ल्याउन पाएकोमा अत्यन्तै गर्वित छौं,’ उनले भने ।

जावा मोटरसाइकलहरु काठमाडौंको उत्तरढोका र  टेकुस्थित पूर्णतः नयाँ जावा शोरुमहरूसहित नेपालका प्रमुख सहरहरूमा उपलब्ध हुनेछ भने देशभरि नै अग्नि मोटोइंकका जावा मोटरसाइकल शाखा र डिलरहरू क्रमसः स्थापना गर्दै जाने योजना रहेको छ ।

काठमाडौं, पोखरा, इटहरी, धरान, नारायणगढ, लहान, बुटवल आदि स्थानमा यी बिक्री कक्षहरू पूर्ण सञ्चालनमा आएसँगै ग्राहकहरूले आफ्नै शहरमा जावा र जावा फोर्टी टु गरी दुई प्रतिष्ठित मोडलहरूको बुकिङ र टेस्ट-राइड गर्न सक्नेछन् ।

जावा डिलरसिप अवधारणा

जावा डिलरसिप तपाईँजस्तै समान विचारधारा भएका व्यक्ति र मोटरसाइकलहरूसँग एकआपसमा आवद्ध गर्ने स्थान हो । यसको डिजाइन दर्शन प्रामाणिकतामा निहीत छ र यसको कथा-किंवदन्ती र मोटरसाइकलमार्फत विगत र वर्तमानलाई जोड्ने क्षमता राख्दछ  । यो एक बाइकर क्याफेको परिवेश हा,े जसले जावका कथा-किंवदन्तीलाई बताउँछ ।

यसका स्थानले सुनौलो युगको पुरानो सम्झनालाई समेट्छ, जसले यसको कालो पालिस गरिएको काठका संरचना, सूक्ष्म जडान, कच्चा खाले रंग बनावट -रअ टेक्स्चर) र पुरानो अक्सब्लोड रंगमार्फत पुराना समयका सामग्री र शिल्पको इमानदारितालाई झल्काउँछ ।

सँगसँगै मोटरसाइकलले शोरूमहरु  क्लासिक डिजाइनको आधुनिक व्याखासहित इन्जिन प्रविधि र नवीन सुविधाहरूयुक्त भइ आˆनो समकालीनतालाई प्रस्तुत गर्दैछ ।

यी विभिन्न तत्वहरू पौराणिक कथ्यहरू र एकै रंगका जीवनशैलीको काल्पनिक दृश्य कथा बीच समकालीन क्लासिक जावा मोटरसाइकलमा प्रस्तुत गर्न डिजाइन गरिएको छ ।  चाहे निरन्तर वार्तालापको लागि ठूलो समुदायिक टेबुल व्यवस्थापन होस, वा जिज्ञासु पाठकको लागि ध्यानपूर्वक संरचना तयार पारिएका किताबका र्‍याक हो, वा संगीतप्रेमीको लागि पृष्ठभूमिमा क्लासिक रक्स, यसका स्थानले सबैलाई सहज महसुस गराउँछ, चाहे ‘हार्डकोर’ मोटरसाइक्लिस्ट हुन् वा ‘मिलेनियल’ मोटरसाइक्लिङको संसारमा सबैलाई डुबाउँछ ।

नयाँ जावाका श्रृङ्खला

जावा :  मूल जाभाको सदावहार रुचाइने शैली र प्रतिष्ठित चरित्र सहित नयाँ जावामा पुनर्जन्म भएको छ । विगतको प्रमाणिकता र पहिचान- उत्तम, सुरुचिपूर्ण, परिस्कृत र विशिष्टता लाई समटने, विरासत खोज्नेहरूका लागि यसको समायोजन गरिएको छ । जावा आˆनो रुप र कार्यमा पुरानो विश्वकोे चरित्र र आधुनिक प्रर्दशनसहित सर्वोत्कृष्ठ छ ।

जावा फोर्टी टु : यो क्लासिक छ, जसले सीमा र प्रयोगहरूलाई छिचोल्दछ । आˆनो डिजाइनमा विचित्रता र गैरपरम्परागत लक्षणहरूसहित फोर्टी टु, एक- छायायुक्त, मांसपेशीयुक्त, स्पोर्टी क्लासिकको स्वीकारयुक्त संस्करण हो ।  जावा फोर्टी टु ले मन र मतिष्क दुवैलाई छुन्छ ।

२९३ सीसी लिक्विड कुल्ड, सिंगल सिलिन्डर डीओएचसी इन्जिन

२९३ सीसी लिक्विड कुल्ड, सिंगल सिलिन्डर, डीओएचसी इन्जिनसहित सर्वोत्तम इटालियन इन्जिनियरिङसँगको सहकार्यबाट निर्मित, यो सम्पूर्ण नयाँ र साथसाथै क्लासिक जावा अनुभव दिने खालको छ ।

यसमा २७ बीएचपी र २८ एनएम टर्कका साथ मध्यम रेन्जमा र निरन्तर शक्तिशाली सवारी सञ्चालनमा ˆल्याट टर्क कर्भ रहेको छ । यद्यपि यसको केन्द्र र लम्बाइमा यसको सिंग्नेचर टि्वन एक्जस्टको हरेक बिटले यो नै तपाईँले प्रेमपूर्वक रुचाउने जाभा भएको प्रमाणित गर्दछ ।

युनिक साउन्ड

आवाज भावनाहरूलाई हाँक्नेे प्रतीक हो, जुन विशेषतः मोटरसाइकलहरूका लागि सत्य सावित हुन्छ । नयाँ फोर स्ट्रोक जाभा साउन्डको खोजीले हामीलाई इटालीको भेरोना लग्दछ, जहाँ माभारिक साउन्ड इन्जिनियरहरूको जोडी हामी सबै हार्मोनिक पाइपको संयोजन र बहुसंख्यक परिवर्तनका अन्य चक्रहरूबीच नयाँ जाभाका लागि सुहाउने आवाजको खोजीमा सुरुदेखि नै सबै चरणमा हामीसँग हिँडे ।

डिजाइनको दर्शन तथा सिद्धान्त

डिजाइनका दृष्टिकोणबाट यसले त्यो सुनौलो अनुपातलाई मिलायो, जहाँबाट यो समयको माध्यमबाट स्थानान्तरित हुन्छ । यो तहबाट तपाई यो जाभालाई चिन्न सक्नु हुन्छ । नयाँ जावा र जावा फोर्टी टुले पौराणिक कथालाई जावाको मूल चरित्रलाई नगुमाईकनै अर्को अध्यायमा पुर्‍याउँछ ।

आजको जावाल तपाईंलाई ९० वर्षभन्दा अधिकको विरासतलाई जोड्छ र यो आधुनिक इन्जिनियरिङसँग आउने हरेक कुराबाट बनेको छ । हामीले जावा नाममा जेजे महान कुरा थियो, त्यो सबै कायमै राख्ने सुनिश्चित गर्‍यौं ।

एउटा कुरा अझै पनि कायम छ, मोटरसाइकलमा भएको विश्मयकारी रुप, जुन दैनिक सवारी प्रयोगका साथसाथै विगतका समयमा झै सहज र रमाइलो सवारीका लागि पर्याप्त रुपमा भरपर्दो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment