Comments Add Comment

ट्रम्पका कान्छा छोरा पनि थिए कोरोना संक्रमित

२९ असोज, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कोन्छो छोरालाई पनि कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको खुलेको छ । अमेरिकी फर्स्ट लेडी मेलानिया ट्रम्पले आफ्ना छोरा ब्यारोनलाई पनि कोरोना संक्रमण देखिएको पुष्टि गरेकी हुन् ।

यद्यपि उनलाई कुनै लक्षण भने नदेखिएको उनको भनाइ छ । अहिले भने उनको कोरोना परीक्षणको नतिजा नोगेटिभ आएको मेलानियाले बताएकी छिन् ।

यसअघि नै मेलानियलाई छोरालाई कोरोना संक्रमण हुन्छ कि भन्ने डर रहेकोमा उक्त डर सत्यमा परिणत भएको बताएकी छिन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र फस्र्ट लेडी मेलानिया दुवै कोरोनाबाट संक्रमित भएका थिए । त्यसका साथै ह्वाइट हाउसका धेरै अधिकारीहरुमा पनि कोरोना संक्रमण देखिएको थियो । यद्यपि अहिले भने उनीहरु निको भइसकेका छन् ।

डोनाल्ड ट्रम्पले पनि आफ्ना छोरा ब्यारोन छोटो समयका लागि कोरोना संक्रमित भएको बताएका थिए । ट्रम्पले कान्छो छोरा कोरोनाबाट मुक्त हुनुले अमेरिकामा विद्यालयहरु जतिसक्दो चाँडो खोल्नुपर्छ भन्ने कुरालाई जोड दिएको बताएका छन् । अहिले अमेरिकामा शिक्षक संघले ट्रम्पको योजनाको विरोध गरिरहेका छन् ।

ट्रम्पले कोरोना संक्रमणलाई सामान्य भन्दै विद्यार्थीहरुलाई विद्यालय पठाउनुपर्ने बताए । अमेरिकामा नोभेम्बर ३ मा राष्ट्रपतिको निर्वाचन हुँदैछ । त्यसैका लागि अहिले ट्रम्प चुनावी प्रचारको क्रममा छन् ।

– स्रोत : बीबीसी

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment