Comments Add Comment

कोरोनाबाट सशस्त्र प्रहरीसहित १९ जनाको मृत्यु

३० असोज, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप १९ जनाको मृत्यु भएको छ ।

प्रदेशका सामाजिक विकास मन्त्रालयहरुबाट प्राप्त विवरणअनुसार भक्तपुरका ५ जना, काठमाडौंका ३, ललितपुरका २ तथा मकवानपुर, धादिङ, रामेछाप, बाग्लुङ, रुकुम पश्चिम, सुर्खेत, रुपन्देही, मोरङ, सिराहा र रौतहटका १/१ जनाको मृत्यु भएको छ ।

  • बालकोट, भक्तपुरकी ३८ वर्षीया महिलाको सशस्त्र प्रहरी अस्पतालमा बुधबार मृत्यु भएको छ । उच्च रक्तचाप र दमको समस्या भएकी उनलाई १७ असोजमा कोरोना संक्रमण पुष्टि भएको थियो भने १८ गते अस्पताल भर्ना भएकी थिइन् ।
  • भक्तपुर नगरपालिका-४, भक्तपुरकी ४४ वर्षीय पुरुषको बिहीबार मेडिसिटी अस्पतालमा मृत्यु भएको छ । २७ असोजमा कोरोना संक्रमण पुष्टि भएका उनी हृदयघात भएर २८ गते अस्पताल भर्ना भएका थिए ।
  • लिवाली, भक्तपुरकी ७४  वर्षीया महिलाको बिहीबार भक्तपुर अस्पतालमा मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या भएर २८ असोजमा अस्पताल पुगेकी उनलाई २९ गते संक्रमण पुष्टि भएको थियो ।
  • थिमी, भक्तपुरका ४२ वर्षीय पुरुषको बिहीबार भक्तपुर अस्पतालमा मृत्यु भएको छ । २० असोजमा कोरोना संक्रमण पुष्टि भएका उनी हृदयघात भएर २९ असोजमा अस्पताल पुगेका थिए । उनमा मधुमेहको समस्या समेत थियो ।
  • भक्तपुर नगरपालिका-७, भक्तपुरका ३४ वर्षीय पुरुषको बुधबार काठमाडौं मेडिकल कलेजमा मृत्यु भएको छ । उनी हृदयघात, शक र निमोनिया भएर २७ असोजमा अस्पताल भर्ना भएका थिए । उनमा मधुमेहको पनि समस्या थियो ।
  • नयाँ बानेश्वर, काठमाडौंका ७६ वर्षीय पुरुषको शुक्रबार नोबेल अस्पतालमा मृत्यु भएको छ । १८ असोजमा कोरोना संक्रमण पुष्टि भएका उनी श्वासप्रश्वास र मुटुमा समस्या भएर २३ गते अस्पताल भर्ना भएका थिए ।
  • तारकेश्वर, काठमाडौंकी २३ वर्षीय महिलाको शुक्रबार त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको छ । कलेजो र फियोको रोगबाट ग्रसित उनी निमोनिया भएर २७ असोजमा अस्पताल भर्ना भएकी थिइन् ।
  • पुतलीसडक, काठमाडौंकी ५२ वर्षीया महिलाको शुक्रबार पाटन अस्पतालमा मृत्यु भएको छ । २५ असोजमा अस्पताल भर्ना भएकी उनलाई सोही दिन संक्रमण पुष्टि भएको थियो । उनमा निमोनिया र उच्च रक्तचापको समस्या थियो ।
  • ललितपुरकी ७० वर्षीया महिलाको शुक्रबार पाटन अस्पतालमा मृत्यु भएको छ । उनी २० असोजमा अस्पताल भर्ना भएकी थिइन् र सोही दिन संक्रमण पुष्टि भएको थियो ।
  • ललितपुरकी १७ वर्षीया महिलाको शुक्रबार बयोधा अस्पतालमा मृत्यु भएको छ । रक्तअल्पता र मिर्गौलासम्बन्धी रोगबाट पीडित उनी निमोनिया र शक भएर २८ असोजमा अस्पताल भर्ना भएकी थिइन् र, सोही दिन संक्रमण पुष्टि भएको थियो ।
  • हेटौंडा-९, मकवानपुरका ६६ वर्षीय पुरुषको बुधबार त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको छ । २७ असोजमा अस्पताल भर्ना भएका उनलाई २८ गते संक्रमण पुष्टि भएको थियो । उनमा दम र उच्च रक्तचापको पनि समस्या थियो ।
  • धादिङका ४५ वर्षीय पुरुषको बिहीबार त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको छ । २८ असोजमा कोरोना संक्रमण पुष्टि भएका उनी २९ गते अस्पताल भर्ना भएका थिए ।
  • रामेछापकी ३३ वर्षीया महिलाको बुधबार पाटन अस्पतालमा मृत्यु भएको छ । फोक्सोको क्यान्सरबाट पीडित उनलाई १७ असोजमा कोरोना संक्रमण पुष्टि भएको थियो भने १९ गते अस्पताल भर्ना भएकी थिइन् ।
  • ढोरपाटन नगरपालिका-७, बाग्लुङका २५ वर्षीय पुरूषको मणिपाल शिक्षण अस्पताल, पोखरामा मृत्यु भएको छ । उनी मुस्ताङमा कार्यरत सशस्त्र प्रहरी जवान हुन् । २५ असोजमा अस्पताल भर्ना भएका उनलाई २७ गते संक्रमण पुष्टि भएको थियो ।
  • चौरजहारी नगरपालिका-१४, रुकुम पश्चिमका ३३ वर्षीय पुरुषको शुक्रबार नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुरमा मृत्यु भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि २१ असोजमा अस्पतालमा भर्ना भएका उनलाई २२ गते संक्रमण पुष्टि भएको थियो ।
  • गुर्भाकोट नगरपालिका-२, सुर्खेतका २२ वर्षीय पुरुषको बिहीबार कणर्ाली प्रदेश अस्पतालमा मृत्यु भएको छ । घरमा बेहोस भएका उनलाई २८ असोजमा देउती अस्पताल भर्ना गरिएको थियो । अवस्था जटिल भएपछि प्रदेश अस्पताल लगिएको थियो ।
  • तिलोत्तमा नगरपालिका-२, रुपन्देहीका ६७ वर्षीय पुरुषको शुक्रबार बुटवलस्थित कोरोना विशेष अस्पतालमा मृत्यु भएको छ । उनलाई २१ असोजमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
  • विराटनगर महानगरपालिका-३, मोरङका ६५ वर्षीय पुरुषको शुक्रबार नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको छ । उच्च रक्तचापको समस्या भएका उनलाई बुधबार कोरोना संक्रमण पुष्टि भएको थियो ।
  • लाहान नगरपालिका-१, सिराहाका ६३ वर्षीय पुरषको बिहीबार नोबेल मेडिकल कलेजमा मृत्यु भएको छ ।
  • कटहरिया नगरपालिका-७, रौतहटका ७५ वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment