Comments Add Comment

लुम्बिनी प्रदेशका मन्त्री चौधरीमा कोरोना

१ कात्तिक, बुटवल । लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्री चौधरीले सामाजिक सन्जाल फेसबुकमार्फत आफूलाई कोरोना संक्रमण भएको सार्वजनिक गरेका छन् ।

मन्त्री चौधरीसँगै उनकी श्रीमती द्रोपती चौधरी, पिएसओ सुन्दर बुढाथोकी, चालक यमबहादुर थापा र भान्से पार्वती केवटलाई पनि कोरोना संक्रमण देखिएको मन्त्री चौधरीले जनाएका छन् । संक्रमण देखिएपछि आफू सरकारी निवासमै आइसोलेसनमा रहेको र रुघाबाहेक अन्य स्वास्थ्य समस्या नरहेको मन्त्री चौधरीले जनाएका छन् । अन्य ४ जनालाई भने कुनै लक्षण नदेखिएको मन्त्री चौधरीले बताए ।

मन्त्री चौधरीले आफूसँग सम्पर्कमा आएका सबैलाई सजगता अपनाउन आग्रह समेत गरेका छन् ।

यसअघि प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री कूलप्रसाद केसी, सभामुख पूर्णबहादुर घर्ती, उपसभामुख कृष्णी चौधरीसहित प्रदेश सभा सचिववालयका कर्मचारी, मर्यादापालक र सुरक्षाकर्मीसहित ३५ जनामा पनि कोरोना संक्रमण भएको थियो ।

यस्तै लेखा समिति सभापति डिल्ली चौधरी र अर्थ, उद्योग तथा विकास समिति सभापति दधिराम न्यौपानेमा पनि कोारनो संक्रमण भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment