
गायक विजय शंखर र गायिका विमोचना लोम्जेलको स्वरमा समावेश ‘माया बैगुनी’ बोलको गीत रिलिज गरिएको छ । गीतमा शब्द तथा संगीत गायक शंखरकै छ ।
माया गर्न चाहने यूवा–यूवतीले एक अर्कालाई फकाउने र ठट्टा गर्ने शैलीलाई यो गीतको भिडियोमा प्रस्तुत गरिएको छ । गीतको भिडियोमा नायिका आँचल शर्मा र मोडल निराजन प्रधानले अभिनय गरेका छन् ।
सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको भिडियोमा बुद्ध थापाको छायांकन छ । सुशिल न्यौपानेले सम्पादन गरेको भिडियोलाई सोनाम पाख्रिनले निर्देशन गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4