+
+

हिन्दु–मुस्लिममा विभाजन ल्याएको आरोपमा कंगनाविरुद्ध एफआइआर

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक २ गते १०:०३

बलिउड नायिका कंगना रनोटको विरुद्धमा एफआइआर दर्ता भएको छ । बलिउडमा हिन्दु र मुस्लिमविच विभाजन ल्याउन खोजेको आरोप उनलाई लागेको छ ।

साहिल असरफ अली सैयदको उजुरीपछि मुम्बइको बान्द्रा अदालतले पुलिसलाई कंगनाविरुद्ध एफआइआर दर्ता गर्न आदेश दिएको छ । उनकी बहिनी रंगोलीको विरुद्धमा पनि उजुरी दर्ता भएको छ । चार दिन अगाडि मात्र कर्नाटकमा उनी विरुद्ध एफआइआर दर्ता भएको थियो ।

साहिलले आफ्नो उजुरीमा भनेका छन्–‘कंगना विगत केही महिनादेखि बलिउडमा नोपोटिज्मको कुरा गरेर यसको अपमान गरिरहेकी छिन् । उनले आफ्नो ट्विटर र टेलिभिजन अन्तरवार्ताका माध्यमबाट हिन्दु र मुस्लिम कलाकारविच विवाद बढाउने काम पनि गरेकी छिन् ।’

कंगनाको विरुद्धमा बलियो प्रमाण फेला परेको खण्डमा उनलाई प्रहरीले गिरफ्तार पनि गर्न सक्नेछ । कंगनाले भने पप्पु सेनाले आफू विरुद्ध एफआइआर दर्ता गरेको भन्दै आफै चाडै आउने भन्दै धेरै याद नगर्न चेतावनी दिएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?