+
+
Shares

भेरी अस्पतालमा बर्दियाका कोरोना संक्रमितको मृत्यु

टोपराज शर्मा टोपराज शर्मा
२०७७ कात्तिक २ गते १०:४५

२ कात्तिक, बुटवल । भेरी अस्पताल नेपालगन्जमा बर्दियाका कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । बर्दियाको ठाकुरबाबा नगरपालिका–६ का ४२ वर्षीय पुरुषको उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको हो ।

असोज १६ गते कोरोना संक्रमण पुष्टि भएका पुरुषको नेपालगन्ज मेडिकल कलेज कोहलपुरको कोभिड वार्डमा ११ दिनसम्म उपचार भएकोमा निको नभएपछि २७ गते भेरी अस्पतालमा भर्ना गरिएको थियो ।

आईसीयूमा भेन्टिलेटरको सहायतामा  प्लाज्मा थेरापीबाट समेत उपचार गरिए पनि बचाउन नसकिएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए । कोरोनासँगै ती पुरुषमा डेंगुको संक्रमण समेत रहेको श्रेष्ठले बताए ।

योसँगै बर्दियामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार लुम्बिनी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय २१ पुगेको छ ।

लेखक
टोपराज शर्मा

शर्मा अनलाइनखबरका बुटवल संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?