+
+

इरानमा मृतक संख्या ३० हजार नाघेसँगै लकडाउन लम्बियो

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक २ गते ११:५४

२ कात्तिक, काठमाडौं । इरानमा कोरोना भाइरस (कोभिड-१९) नियन्त्रणको लागि लकडाउन लम्ब्याउने भएको छ । शनिबार इरानमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३० हजार नाघेसँगै इरानले राजधानी सहर तेहरानमा लगाइएको लकडाउन तेस्रो सातामा लम्ब्याउने निर्णय भएको हो ।

विद्यालय, रेष्टुरेन्ट, पसल, रेष्टुरेन्ट र अन्य सार्वजनिक संस्थाहरुमा कोरोना संक्रमण बढी देखिएसँगै यी क्षेत्रहरु अक्टोबर ३ यता बन्द छन् । यो प्रतिबन्ध कम्तीमा आगामी शुक्रबारसम्मका लागि लम्ब्याइने तेहरान प्रान्तका गभर्नर अनोउशिरवन मोहसेनी बन्डपीले बताएका हुन् ।

इरानको स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार इरानमा कोरोनाका २५३ मृतक थपिएका थिए । यससँगै इरानमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३० हजार १२३ पुगेको छ । त्यस्तै कोरोना संक्रमितको संख्या पनि पाँच लाख २६ हजार नाघेको छ ।

अहिले इरानमा कोरोना संक्रमण तेस्रोपटक बढेको छ । इरानले अमेरिकाले लगाएको प्रतिबन्धको कारण मुलुकको कोरानेा नियन्त्रणको लडाइँमा असर परेको बताएको छ ।

स्रोत : रोयटर्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?