
२ कात्तिक, सप्तरी । सप्तरी प्रहरीले लागूऔषध ब्राउन सुगरसहित दुईजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तिलाठी कोइलाडी गाउँपालिका वडानम्बर ७ बस्ने १९ वर्षीय निरज शर्मा र २७ वर्षीय भरत शर्मा छन् ।
स.७प १८६५ नम्बरको मोटरसाइकलमा सवार यी दुवैलाई अग्निसाईर कृष्णासवरण गाउँपालिका ५ बकधुवास्थित भित्री सडक खण्डबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय, राजविराजले जनाएको छ ।
इलाका प्रहरी कार्यालय कंचनपुरको टोलीले विशेष सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुको साथबाट १० ग्रामको दरले ५ वटा पोका बनाइएको अवस्थामा ५० ग्राम ब्राउन सुगर बरामद भएको जिल्ला प्रहरी प्रमुख एसपी राजेन्द्र धमलाले जानकारी दिए ।
दुवैलाई नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4