Comments Add Comment

कोरोना संक्रमणबाट १२ जनाको मृत्यु

२ कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ ।

मोरङ र काठमाडौंका २/२ जना तथा सुनसरी, सर्लाही, ललितपुर, भक्तपुर, चितवन, कास्की, रुपन्देही र बर्दियाका एकएक जनाको मृत्यु भएको हो ।

  • बिराटनगर महानगरपालिका-१२, मोरङका ५५ वर्षीय पुरुषको शनिबार कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा मृत्यु भएको छ । उनलाई १३ असोजमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
  • बिराटनगर महानगरपालिका-७, मोरङका ८६ वर्षीय पुरुषको आइतबार नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको छ । क्यान्सर रोगबाट पीडित उनलाई कोरोना संक्रमण देखिएपछि २५ असोजमा अस्पताल भर्ना गरिएको थियो ।
  • इटहरी उपमहानगरपालिका-९, सुनसरीका ७९ वर्षीय पुरुषको आइतबार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । २६ असोजमा कोरोना संक्रमण पुष्टि भएका उनी २७ गते अस्पतालमा भर्ना भएका थिए । उनमा मुटु सम्बन्धी पुरानै समस्या थियो ।
  • बरहथवा नगरपालिका-५, सर्लाहीका ७० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
  • जोरपाटी, काठमाडौंकी ८३ वर्षीया महिलाको सशस्त्र प्रहरी अस्पतालमा शनिबार मृत्यु भएको छ । १७ असोजमा कोरोना संक्रमण पुष्टि भएकी उनी श्वासप्रश्वासमा र मुटुको समस्या भएर अस्पताल भर्ना भएकी थिइन् । उनलाई उच्च रक्तचापसम्बन्धी समस्या थियो ।
  • स्वयम्भू, काठमाडौंका ६५ वर्षीय पुरुषको आइतबार मेघा अस्पतालमा मृत्यु भएको छ । २८ असोजमा कोरोना संक्रमण पुष्टि भएका उनी निमोनिया भएर ३० गते अस्पताल भर्ना भएका थिए ।
  • जाउलाखेल, ललितपुरका ६७ वर्षीय पुरुषको नर्भिक अस्पतालमा मृत्यु भएको छ । ज्वरो र श्वासप्रश्वासमा समस्या भएर २९ असोजमा अस्पताल भर्ना भएका थिए । उनमा प्रोस्टेटको समस्या समेत थियो ।
  • भक्तपुरका ९० वर्षीय पुरुषको आइतबार नर्भिक अस्पतालमा मृत्यु भएको छ । दमको समस्या भएका उनलाई २ कात्तिकमा नै कोरोना संक्रमण पुष्टि भएको थियो ।
  • खैरहनी, चितवनका पुरुषको शनिबार काठमाडौं मेडिकल कलेजमा मृत्यु भएको छ । उनलाई २८ असोजमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
  • पोखरा महानगरपालिका-९, कास्कीकी ७० वर्षीया महिलाको आइतबार चरक मेमोरियल अस्पतालमा मृत्यु भएको छ । उनी निमोनियासहित हाइपरटेन्सनका बिरामी थिइन् ।
  • बुटवल उपमहानगरपालिका-३, रुपन्देहीका ५५ वर्षीय पुरुषको आइतबार कोरोना विशेष अस्पतालमा मृत्यु भएको छ । २५ असोजमा कोरोना संक्रमण पुष्टि भएका उनी २७ गते अस्पताल भर्ना भएका थिए । उनी उच्च रक्तचाप र कलेजोको दीर्घरोगी थिए ।
  • ठाकुरबाबा नगरपालिका-६, बर्दियाका ४२ वर्षीय पुरुषको आइतबार भेरी अस्पताल, नेपालगञ्जमा मृत्यु भएको छ । १६ असोजमा कोरोना संक्रमण पुष्टि भएका उनलाई नेपालगन्ज मेडिकल कलेज, कोहलपुरमा ११ लिन उपचार गरेपछि २७ गते भेरीमा भर्ना भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment