३ कात्तिक, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले सरकारले सांसदहरुलाई उपलब्ध गराउँदै आएको दसैँ भत्ता खारेज गर्न माग गरेको छ । सरकारले दसैँ भत्ता खारेज नगरे आफ्नो सांसदले उक्त भत्ता नलिने निर्णय गरेको जसपाका नेता रकम चेमजोङले जानकारी दिए ।
जसपाले कोरोना भाइरस संक्रमण (कोभिड-१९) पीडितलाई सरकारले राहत उपलब्ध गराउनु पर्ने माग समेत गरेको छ ।
जसपाको सोमबार बसेको केन्द्रीय कार्यकारिणी समिति बैठकले पार्टीको विधान र नियमावली संसोधनसहित पारित समेत गरेको छ । बैठक मंगलबार पनि बस्ने छ ।