+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

नेपाल–चीन रेलवे भूराजनीतिक गेमचेन्जर हुनसक्छ : भट्टराई

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक ४ गते १४:४४

४ कात्तिक, काठमाडौँं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका वरिष्ठ नेता बाबुराम भट्टराईले नेपाल–चीनबीचको प्रस्तावित ट्रान्स–हिमालयन रेलवे परियोजना आर्थिक र भूराजनीतिक हिसाबले गेमचेन्जर हुन सक्ने बताएका छन् ।

उनले सो रेलवे परियोजनाप्रति नेपाली जनतामा निकै आकर्षण रहेकोसमेत उल्लेख गरेका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले फ्रेन्ड्स अफ सिल्क रोड क्लब नेपालसँगको सहकार्यमा आयोजना गरेको पहिलो बेल्ट एण्ड रोडसम्बन्धी राजनीतिक दलहरुको सम्मेलनलाई सम्बोधन गर्दै भट्टराईले केरुङ– रसुवा– काठमाडौं रेल परियोजनाको सम्भाव्यता अध्ययन सकिएको तर प्राविधिक र वित्तीय चुनौतीसँगै काठमाडौंको राजनीतिक अनिश्चिताका कारण धेरै काम हुन नसकेको बताएका छन् ।

उनले भनेका छन्, ‘यसलाई दुवै पक्षले गम्भीर रुपमा लिनुपर्छ किनभने रक्सौल–काठमाडौं रेल पनि योजनामा रहेका छ । यसले नेपाललाई भारत र चीनबीचको जीवन्त आर्थिक पुल बनाउने सपनालाई साकार पार्दछ ।’

नेता भट्टराईले चिनियाँ कम्युनिष्ट पार्टी र नेपालका राजनीतिक दलहरुको बीचमा राम्रो सम्बन्ध रहेको बताएका छन् । उनले जनता समाजवादी पार्टी नेपाल चिनियाँ कम्युनिस्ट पार्टीसँगको सम्बन्धलाई सुदृढ बनाउन र नेपाल–चीन सम्बन्धलाई झन् गहिरो बनाउन प्रतिवद्ध रहेको पनि बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?