+
+
Shares

जनताको ज्यान जोगाउन अरू सबै खर्च रोके हुन्छ : डा. भट्टराई

'निःशुल्क उपचारको दायित्वबाट भाग्नु सरकारको गैरजिम्मेवार चरित्रको पराकाष्ठा'

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक ५ गते ९:१५

५ कात्तिक, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले कोरोना पीडितको निःशुल्क उपचारको दायित्वबाट भाग्नु सरकारको गैरजिम्मेवार चरित्रको पराकाष्ठा भएको बताएका छन् । यसले महामारी झन् विकराल बन्ने उनको धारणा छ ।

बुधबार बिहान ट्वीट गर्दै पूर्वप्रधानमन्त्री डा. भट्टराईले पैसा अभाव भएको भए दानपात्र राख्न तर सबै संक्रमितको उपचार निःशुल्क गर्न सकिने बताएका छन् । जनताको ज्यान जोगाउन अरु सबै खर्च रोके हुने उनको धारणा छ ।

भट्टराईले लेखेका छन्, ‘कोरोना पीडितलाई निःशुल्क उपचारको दायित्वबाट भाग्नु सरकारको गैरजिम्मेवार चरित्रको पराकाष्ठा हो । यसले महामारी झन् विकराल बन्नेछ । यो पैसाको अभावले हैन, जनताको ज्यान जोगाउन अरू सबै खर्च रोके हुन्छ, भ्रष्टाचार/फजुल खर्च रोके पुग्छ । अस्पतालमा धनीले दिन चाहे दानपात्र राखौं तर सबैलाई निःशुल्क गरौं ।’

सरकारले हालै मात्र आर्थिकरुपमा विपन्न, अशक्त, असहाय, एकल महिला, अति अपाङ्गता भएका नागरिक, जेष्ठ नागरिक र अग्रपंक्तिमा खटिनेहरुमा लक्षण देखिए मात्रै परीक्षण र उपचार गर्ने र यदि कोरोना बिमा गरेको भए त्यसबाट कट्टा गर्ने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?