
५ कात्तिक, काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
गडी–४ सुनसरीकी ५५ वर्षीया महिलाको गएराति ९ बजे मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए ।
डा. श्रेष्ठका अनुसार ती महिलामा उच्च रक्तचापको पनि समस्या थियो ।
मंगलबार प्रतिष्ठानमा उपचारका लागि भर्ना भएकी उनको सोही दिन कोरोना पुष्टि भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4