+
+
Shares

मैले क्यान्सरलाई जितेँः संजय दत्त

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक ६ गते १२:३९

बलिउड नायक संजय दत्तले क्यान्सरको लडाइमा आफूले जित हासिल गरेको उल्लेख गरेका छन् । सामाजिक संजालमा आफ्नो स्वास्थ्यको बारेमा जानकारी दिदै संजयले लेखेका छन्–‘पछिल्लो केही साता म र मेरो परिवारका लागि निकै नै मुश्किल समय थियो । तर भन्छन् नि, इश्वर तपाइको बलियो सिपाही हुन् र समस्यालाई हराउन सफल हुन्छन् । आज मेरो बच्चाको जन्मदिनमा मैले यो लडाइलाई जितेको छु । म मेरो बच्चाहरुलाई सबैभन्दा प्रिय उपहार दिन सक्षम भएको छु ।’

संजय अगाडि लेख्छन्–‘यो तपाइहरुको अटुट विश्वास र समर्थनविना संभव थिएन । म आफ्नो परिवार, साथीभाई, फ्यानसँग आभारी छु ।’

भारतीय मिडियाका अनुसार, संजयलाई फोक्सोको क्यान्सर भएको थियो । उपचारका लागि उनी अमेरिका जाने तयारीमा पनि थिए । तर, भारतको कोकिलाबेन अस्पतालमा नै उपचार गराएर उनी ठिक भएका हुन् । सोमबार उनी क्यान्सरमुक्त भएको रिपोर्ट आएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?