+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

सुदूरपश्चिममा पीसीआर परीक्षण गराउनेको संख्या एक लाख नाघ्यो

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक ६ गते १४:०८

६ कात्तिक, डोटी । कोभिड–१९ को महामारीको संक्रमण पत्ता लगाउन गरिने आरटी–पीसीआर परीक्षणको संख्या सुदूरपश्चिम प्रदेशमा एक लाख नाघेको छ ।

सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार हालसम्म एक लाख एक हजार दुई सय ६ जनाको स्वाब परीक्षण भएको छ । बुधवारसम्म एक लाख तीन हजार पाँच सय ४९ जनाको स्वाब संकलन गरिएकोमा दुई हजार तीन सय ४३ जनाको नजिता आउन बाँकी छ ।

प्राप्त नतिजा अनुसार आठ हजार नौ सय ७३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ भने ९२ हजार दुई सय ३३ जनाको नतिजा नेगेटिभ आएको छ । संक्रमितहरुमध्ये सात हजार चार सय ५३ जना निको भएर घर गएका निर्देशनालयको बिवरणमा उल्लेख छ ।

सुदूरपश्चिम प्रदेशमा ६ स्थानमा आरटी–पीसीआर परीक्षण गर्ने प्रयोगशाला रहेका छन् । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा सवैभन्दा बढी ५४ हजार चार सय ८३ जनाको स्वाब परीक्षण भएको छ ।

यस्तै डडेल्धुरा अस्पतालको प्रयोगशालामा १९ हजार दुई सय ५२, डोटी जिल्ला अस्पतालको प्रयोगशालामा पाँच हजार सात सय ८९, बझाङ अस्पतालको प्रयोगशालामा दुई हजार पाँच सय १३, बैतडी जिल्ला अस्पतालको प्रयोगशालामा एक हजार चार सय १४ र अछाम कमलबजारमा रहेको प्रयोगशालामा एक हजार एक सय ८६ स्वाव परीक्षण भएका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा १६ हजार तीन सय १८ र सुर्खेत प्रयोगशालामा ४८ जनाको स्वाब परीक्षण गरिएको पनि प्रदेश स्वास्थ्य निर्देशनायले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?