+
+
Shares

प्रधानमन्त्री र रअका प्रमुखबीचको भेटले राष्ट्रिय स्वाभिमानको खिल्ली उडायो : मोहन वैद्य

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक ७ गते १७:१६

७ कात्तिक, काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर निकाय रअका प्रमुख सामान्तकुमार गोयलसँग भेट गर्नुले कुटनीतिक मर्यादा र राष्ट्रिय स्वाभिमानको खिल्ली उडाएको टिप्पणी गरेको छ ।
महासचिव मोहन वैद्य किरणले विज्ञप्ति निकालेर यो घटनाले नेपालका प्रधानमन्त्रीलाई भारतको गुप्तचर विभागका प्रमुखको हैसियतमा गिराएको टिप्पणी गरेका छन् ।

‘त्यसमाथि भारतीय विस्तारवादी अतिक्रमणले सीमा नाघेको बेला नेपालका प्रधानमन्त्रीले भारतको एकजना गुप्तचरलाई एकान्तमा भेट्ने र त्यसको महिमामण्डन गर्ने कामले देशमा फेरि अर्को गम्भीर राष्ट्रघातको तयारी हुँदैछ भन्ने आभाष दिन्छ’ विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?