+
+
Shares

राष्ट्रपतिले दसै‌ंको टीका नलगाइदिने, शक्तिपीठमा नजाने

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक ७ गते २०:५८

७ कात्तिक, काठमाडौं । यस वर्षको दसैंमा राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम स्थगित भएको छ ।

राष्ट्रपति कार्यालयले शुक्रबार सूचना जारी गरी कोरोना महामारीका कारण राष्ट्रपतिले टीका लगाइदिने कार्यक्रम नहुने जानकारी गराएको छ ।

त्यस्तै यस वर्ष दसैंको महाअष्टमी र कोजाग्रत पूर्णिमाको दिन राष्ट्रपति भण्डारी शक्तिपीठको दर्शनका लागि नजाने राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?