+
+

चितवनमा थप दुई सङ्क्रमितको मृत्यु

रासस रासस
२०७७ कात्तिक ९ गते १३:५६

९ कात्तिक, चितवन । कोभिड–१९ को सङ्क्रमणबाट चितवनमा थप दुई सङ्क्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा उपचारका क्रममा ती सङ्क्रमितको मृत्यु भएको हो ।

चितवन मेडिकल कलेजमा मृत्यु हुनेमा गुल्मीका ४८ वर्षीय पुरुष रहेको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए । निमोनियाका बिरामी उनलाई कात्तिक ४ गते अस्पताल भर्ना गरिएको थियो । उनको उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको हो । ती पुरुषमा कात्तिक ५ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

यस्तै पुरानो मेडिकल कलेजमा रौतहट चन्द्रनिगाहापुर नगरपालिका-१ कि ७७ वर्षकी महिलाको मृत्यु भएको छ । निमोनियाका कारण उनलाई कात्तिक ८ गते अस्पताल भर्ना गरिएको र सोही दिन मृत्यु भएको हो । उनमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?