
१२ कात्तिक, झापा । बागमती प्रदेश प्रमुख विष्णु प्रसाईलाई कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । उनले मङ्गलवार पिसिआर रिपोर्ट पोजेटिभ आएको जानकारी दिए ।
उनी प्रदेश प्रमुखको कार्यालय हेटौँडाबाट दसैँमा झापाको मेचीनगरस्थित घर आएका थिए ।
विगत पाँच दिनदेखि शरीर दुख्ने, पसिना आउने जस्ता सामान्य लक्षण देखिएको र स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए ।
हाल घरमै आइसोलेसनमा रहेका उनका छोरा राजेशलाई पनि कोभिड १९ को संक्रमण पुष्टि भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4