+
+
Shares

दशैं सकेर अमेरिका उडिन् वर्षा

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक १३ गते ७:२५

कोरोना भाइरसका कारण विगत ८ महिनादेखि कलाकारहरुले विदेश यात्रा गर्न पाएका छैनन् । विदेशमा आयोजना हुन लागेका विभिन्न कार्यक्रमहरु पनि स्थगित भए । यसले कलाकारहरुको आम्दानीमा समेत ठूलो प्रभाव पारेको छ ।

तर, दशैंको टिका थापेर नायिका वर्षा सिवाकोटी भने अमेरिका उडेकी छिन् । उनी, विजयादशमीको भोलीपल्टै अमेरिका उडेकी हुन् । नायिका सिवाकोटीले आफू करिब १ महिना अमेरिकामा बस्ने बताएकी छिन् ।

उनले, अमेरिका घुमघाम र कामका लागि आएको बताएकी छिन् । दशैं अगाडि नै वर्षाको अमेरिका जाने पक्का भएको हो । दशैं सकिए लगतै चलचित्र ‘परदेशी २’को टिमले छायांकन सुरु गर्ने बताएको छ ।

अमेरिकाको दृश्य नेपालमै खिच्ने योजना यो चलचित्रको टिमको छ । तर, वर्षा अमेरिका उडेपछि चलचित्रको छायांकन प्रभावित हुने संभावना छ । किनकी, नायिका वर्षा र नायक प्रकाश सपुतका दृश्यहरु खिच्न बाँकी रहेको वुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?