+
+

देहरादुनमा कुटिएका नेपाली विद्यार्थीको उद्धार गर्न कांग्रेस प्रवक्ताको माग

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक १३ गते ११:००

१३ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले भारतको देहरादुनस्थित शाक्य एकेडेमीमा अध्ययनरत नेपाली विद्यार्थीलाई तत्काल उद्धार गर्नुपर्ने बताएका छन् ।

शर्माले प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीलाई ट्विटरमा मेन्सन गर्दै विद्यार्थीको अविलम्ब उद्धार गर्न र भारत सरकारको ध्यानाकर्षण गराउन माग गरेका हुन् ।

अनलाइनखबरमा बुधबार ‘दसैंका दिन देहरादुनमा कुटिए ५१ नेपाली विद्यार्थी !’ शीर्षकको समाचार प्रकाशित भएलगत्तै प्रवक्ता शर्माले यस्तो माग गरेका हुन् ।

उनले लेखेका छन्, ‘देहरादुनमा अध्ययनरत नेपाली विद्यार्थीहरू निर्घात पिटिएको घटना अत्यन्तै गम्भिर छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?