Comments Add Comment

देहरादुनमा कुटिएकामध्ये पाँच विद्यार्थी महेन्द्रनगर आइपुगे

१३ कात्तिक, काठमाडौं । दसैं टीकाको दिन देहरादुनमा निर्घात कुटिएका पाँच विद्यार्थी महेन्द्रनगर आइपुगेका छन् ।

विद्यार्थीहरूको विषयमा छानविन भइरहेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले जानकारी दिए । प्रहरी स्रोतका अनुसार पाँचै विद्यार्थी रोल्पाका हुन् ।

महेन्द्रनगर आइपुगेका पाँच सहित ५१ जनालाई नेपाल फर्कन लागेको निहुँमा देहरादुनस्थित शाक्य एकेडेमीका अध्यक्ष तथा प्रमुख लामा रिम्पोचे ज्ञानबज्रले १० कात्तिकमा निर्घात कुटपिट गरेको विद्यार्थीका अभिभावकहरूले बताएका छन् ।

कुटिनेमा सिन्धुपाल्चोक, बाग्लुङ, रुकुम, जुम्ला, हुम्ला, नुवाकोट, रामेछापलगायत १९ जिल्लाका विद्यार्थी छन् । शाक्य एकेडेमीमा करिब दुई सय नेपाली विद्यार्थी अध्ययनरत छन् ।

एकेडेमीबाट आउने लामाहरूले हरेक वर्ष मंसिर पूर्णिमाका दिन लुम्बिनी हुने बौद्ध पुजाबाट गरिब तथा जेहेन्दार विद्यार्थी छनौट गरेर लाने गरेका थिए । आफूले पहिलो पटक एकेडेमीमा यस्तो घट्ना भएको थाहा पाएको सिन्धुपाल्चोकका एक अभिभावकले बताए ।

विद्यार्थीहरूलाई उद्धार गर्न माग गर्दै रामेछाप, सिन्धुपाल्चोक र नुवाकोटका अभिभावका काठमाडौं आइपुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment