Comments Add Comment

पर्वत सदरमुकाममा एक हप्तालाई निषेधाज्ञा

तस्वीर : parbatnews.com

१४ कात्तिक, काठमाडौं । पर्वत सदरमुकाम कुस्मा बजारमा एक हप्तासम्म सरकारी कार्यालय, वित्तीय संस्था र अत्यावश्यकबाहेक सबै पसल बन्द गर्न स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।

पर्वतमा लक्षणसहितका कोरोना संक्रमितको संख्या बढेको र मानिसको मृत्यु पनि भएको भन्दै निषेधाज्ञा जारी गरेको हो ।

शुक्रबार प्रशासकीय अधिकृत विमलप्रसाद गौतमले सूचना जारी गरी कुश्मा नगरपालिका कार्यालय र सदरमुकाम क्षेत्रका ४, ५, ६ र ७ नम्बर वडा कार्यालयबाट प्रदान गरिने सेवा, सदरमुकामका बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने सेवा र अत्यावश्यक बाहेकका पसल कात्तिक १४ गते राति १२ बजेदेखि कात्तिक २१ गते राति १२ बजेसम बन्द गर्ने निर्णय भएको जानकारी दिएका छन् ।

कात्तिक १३ गते बसेको जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र, राजनीतिक दलका प्रतिनिधि र सरोकारवालाको छलफलले उक्त निर्णय गरेको गौतमले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment