+
+
Shares

इजियन सागरमा शक्तिशाली भूकम्प, टर्की र ग्रिसमा धक्का महसुस

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक १४ गते १८:३६

१४ कात्तिक, काठमाडौं । टर्कीको इजियन सागरमा शुक्रबार शक्तिशाली भूकम्प गएको छ । अमेरिकाको जियोलोजिकल सर्वे (यूएसजीएस)ले दिएको जानकारी अनुसार टर्कीको इज्मिर प्रान्तबाट करिब १७ किलोमिटर टाढा समुद्री क्षेत्रमा केन्द्रविन्दु बनाउँदै ७.० म्याग्निच्युटको भूकम्प गएको हो ।

टर्कीको डिजास्टर एण्ड इमर्जेन्सी म्यानेजमेन्ट प्रेसिडेन्सी (एएफएडी)ले भने यो यो भूकम्प ६.६ म्याग्निच्युडको रहेको बताएको छ । यो भूकम्पको धक्का ग्रिसको एन्थेसदेखि टर्कीको इस्तानबुलसम्म महसुस गरिएको थियो ।

अहिलेसम्म भूकम्पको क्षतिको बारेमा कुनै विवरण प्राप्त हुन सकेको छैन । तर, टर्कीको इज्मिरका केही सहरको भवनहरु भत्किएको तस्वीरहरु सार्वजनिक भएका छन् । यसअघि सन् १९९९ मा इज्मिरमा गएको शक्तिशाली भूकम्पमा परी करिब १७ हजारको मृत्यु भएको थियो ।

स्रोत :अलजाजिरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?