Comments Add Comment

सहिद रंगशालामा मंसिर भित्रै फ्लड लाइट जडान हुने

१४ कात्तिक, विराटनगर । विराटनगरको सहिद रंगशालामा मंसिर महिना भित्रमा  फ्लड लाइट जडान गरिने भएको छ । प्रदेश सरकारले रंगशालामा मंसिर महिना भित्रै फ्लड लाइट जडानको काम पूरा गर्ने तयारी गरेका हो ।

फ्लड लाइट जडानका लागि आवश्यक सामग्री आइसकेका कारण मंसिर भित्रमा जडान सकिने प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए । रंगशालामा फ्लड लाइट जडानका लागि आवश्यक सामग्री ल्याएपछि शुक्रबार निरीक्षणमा पुगेका मन्त्री घिमिरेले एक महिना भित्र सबै काम पूरा हुने बताएका हुन ।

२०७६ असोज १ गते सामाजिक विकास मन्त्रालय र कार्की बन्धु अमर जेभीबीच फ्लड लाइट जडान गर्ने सम्झौता भएको थियो । सम्झौता अनुसार ठेकदार कम्पनीले ३३ मिटर अग्लो पोलमा फ्लड लाइट जडान गर्ने सामाग्री ल्याएको हो । लाइटका लागि रंगशालाको चार कुनामा चारवटा पोल गाडिने छन् । प्रत्येक पोलमा १ हजार वाटको २७ वटा बत्ती जडान गरिने छ । लकडाउनका कारण भारतबाट सामग्री ल्याउन ढिलो भएका कारण निर्धारित मितिमा काम सम्पन्न हुन नसकेको मन्त्री घिमिरेले बताए ।

रंगशालामा फ्लड लाइट जडानका लागि ल्याइएका सामग्रीहरु ।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले नेपाल र भारतको सीमा नाका सील गरेका कारण आवश्यक सामग्री ल्याउन नसक्दा ढिलाइ भएको कार्की बन्धु अमर जेभीका प्रोपाइटर गणेश कार्कीले बताए । उनले ३३ मिटरका मास्ट (पोल) र १०८ वटा लाइट आइसकेकाले एक महिना भित्र काम सक्ने तयारी भएको बताए । निर्माणको समय सीमा २८ पुससम्म रहेको छ ।

मन्त्रालयले फ्लड लाइट जडानका लागि ४ करोड २९ लाख रुपैयाँमा ठेक्का दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment