
१६ कात्तिक, कावासोती । गैँडाको आक्रमबाट नवलपरासीपूर्व नवलपुरमा आइतबार एकजनाको मृत्यु भएको छ । नवलपरासीपूर्व नवलपुरको देवचुलीनगरपालिका–१७, कुलेनीमा गैँडाको आक्रमणमा परी सोही ठाउँ निवासी ६५ वर्षीय जङ्गीलाल मुखियाको मृत्यु भएको १७ वडाका वडाध्यक्ष विष्णुप्रसाद आचार्यले जानकारी दिए ।
आइतबार बिहान खेतमा तोरी छर्न जाने क्रममा उनलाई गैँडाले आक्रमण गरेको थियो । बिहान ५ बजेको समयमा गैँडाले आक्रमण गरेर घाइते भएका मुखियाको एक घण्टापछि मात्र स्थानीयवासीले देखेर उद्धार गरेको वडाध्यक्ष आचार्यले जानकारी दिए । उद्धार गरी उपचारका लागि भरतपुर लैजाने क्रममा बाटोमा नै ज्यान गएको वडाध्यक्ष आचार्यले बताए ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4