Comments Add Comment

पर्सामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु

१६ कात्तिक, वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका–२ लक्ष्मीपुरमा टयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा टयाक्टर चालक स्थानीय ४० वर्षीय राम मनोहर साह रहेका छन् ।

लक्ष्मीपुरबाट धान बोकेर वीरगञ्ज आउँदै गरेको लु ३ त १२१६ नम्बरको ट्याक्टर चन्द्रवाती खोलाको पुलकै छेउमा आइतबार बिहान साढे १० बजे दुर्घटनामा परेको थियो ।

पुल छेउको उकालो चढ्दै गर्दा अनियन्त्रित भई ट्याक्टर खोल्सामा खसेको थियो । सोही क्रममा ट्याक्टरले च्यापिएर चालक साहको मृत्यु भएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ ।

साहको शव पुल छेउको बाँधमा उछिट्टिएको र ट्याक्टर खोल्सामा पुगेको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरीक्षक रामकाजी थापाले जानकारी दिए ।
शव पोष्टमार्टमका लागि नारायणी अस्पताल पठाइएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment