Comments Add Comment

कतारका राजकुमारसहितको टोली आमादब्लम हिमाल चढ्न आधार शिविर पुग्यो

१७ कात्तिक, काठमाडौं । बहराइनका राजकुमार फर्किएलगत्तै नेपाल आएका कतारका राजकुमार शेख मोहमद विन अब्दुल्ला आमादब्लम हिमाल आरोहण गर्न आधार शिविर पुगेका छन् ।

राजकुमार शेख मोहम्मदसहित १४ सदस्यीय टोली आइतबार आमादब्लम हिमालको आधार शिविर पुगेको हो ।

विश्वको सुन्दर तर आरोहणका लागि कठिन मानिने आमादब्लम हिमाल आरोहणका लागि कतारका राजकुमारसहित अमेरिकन र क्यानेडियनको टोली आधार शिविर पुगेको आरोहण व्यस्थापन गरेको हिमालयन गाइड्स नेपालका प्रवन्ध निर्देशक ईश्वरी पौडेलले बताए ।

कतारको राजकुमारसहितको टोली हिमाल आरोहणका लागि दसैंको दिन काठमाडौंबाट लुक्ला प्रस्थान गरेको थियो ।

 

टोलीमा कतारका राजकुमार अब्दुल्लासहित अमेरीकन, क्यानेडियन र नेपाली गरी १४ जना छन् ।

आरोहणको व्यवस्थापन मिलाएको हिमालयन गाइडस नेपालका प्रवन्ध निर्देशक पौडेलले भने, ‘अहिले आरोहणको लागि डोरी फिक्सिङको काम भइरहको छ । यदि मौसमले साथ दिएमा राजकुमार सहितको टोलीले दुई हप्ताभित्र आरोहण सकाएर काठमाडौं फर्किने छ ।’

सोलुखुम्बु जिल्लामा अवस्थित ६ हजार ८ सय १२ मिटर उचाइको आमादब्लम हिमालमा पहिलो पटक सन् १९६१ मा आरोहण भएको थियो ।

यसअघि बहराइनका राजकुमार मोहम्मद हमद मोहम्मद अल खलिफा नेतृत्वको टोलीले २९ असोजमा ८ हजार १ सय ५६ मिटर अग्लो मनास्लु हिमाल आरोहण गरेको थियो । सोही टोलीले १७ असोजमा ६ हजार १ सय १९ मिटर अग्लो लोबुचे हिमाल पनि चढेको थियो ।

अहिले हिमाल आरोहणको सिजन हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment