Comments Add Comment

थप २९३३ जनामा कोरोना संक्रमण पुष्टि

१७ कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ९३३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १३ हजार ४४६ नमुना परीक्षण गर्दा ११७६ महिला र १७५७ पुरुषमा संक्रमण पुष्छि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या १ लाख ७६ हजार ५०० पुगेको छ । उनीहरुमध्ये ९८४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै छ १ लाख ३७ हजार ९९२ संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ३१५० जना संक्रमणमुक्त भएका हुन् ।

देशभर ३७ हजार ५२४ सक्रिय संक्रमित छन् । उनीहरुमध्ये ३० हजार ९२४ जना होम आइसोलेसनमा छन् भने ३४७ जनाको आईसीयू र ७४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

कहाँ कति थपिए संक्रमित ?

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाका १६३० संक्रमित थपिएका छन्, जसमध्ये १३२९ जना, ललितपुरका १९३ र भक्तपुरका १०८ जना छन् ।

यस्तै चितवनका १६८ जना, रुपन्देहीका १४६, कास्कीका १२७, सुनसरी र काभ्रेका ८५/८५ जना, दाङा ६४, झापाका ६०, गोरखाका ४६, नवलपुरका ४०, मकवानपुरका ३३, रौतहटका ३२, मोरङ र सोलुखुम्बुका २९/२९ जना, सिन्धुपाल्चोकका २७, कैलालीका २६, धनुषाका २३, नवलपुरका २१, बाँकेका २० र नुवाकोटका १९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

पर्साका १५ जना, धादिङका १४, तनहुँका १३, कञ्चनपुरका १२, बारा, सिराहा, पर्वत र स्याङ्जाका ९/९ जना, दोलखा, रसुवा, सिन्धुली र बर्दिर्याका ८/८ जना, सर्लाही, दैलेख र डडेलधुराका ७/७ जना, महोत्तरी र बाग्लुङका ६/६ जना, दयपुर, लमजुङ, कपिलवस्तु र गुल्मीका ५/५ जना, अर्घाखाँची र सुर्खेतका ४/४ जना, सप्तरी, रामेछाप, पाल्पा र बैतडी ३/३ जना, इलाम, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, रोल्पा र अछामका २/२ जना तथा ओखलढुंगा, प्युठान, डोल्पा र सल्यानका १/१ जनामा संक्रमण देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment