+
+
Shares

रसुवा प्रशासनमा अत्यावश्यकबाहेकका सेवा स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक १७ गते १९:२६

१७ कात्तिक, काठमाडौं । जिल्ला प्रशासन कार्यालय रसुवाले अर्को सूचना नआएसम्मका लागि भन्दै अत्यावश्यकबाहेकका सबै सेवा स्थगित गरेको छ ।

कोरोना संक्रमणको जोखिम बढेसँगै यस कार्यालयमा कार्यरत एक जना कर्मचारीमा सोमबार कोरोना संक्रमण देखिएकाले मंगलबारदेखि लागू हुने गरी अत्यावश्यकबाहेकका सबै सेवा स्थगित गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सपनाकुमारी भट्टराईले अनलाइनखबरलाई जानकारी दिइन् । संक्रमण पुष्टि भएका एक जना कर्मचारीले दुई दिनअघि परीक्षणका लागि स्वाब दिएकोमा आइतबार रिपोर्ट पोजेटिभ आएको उनले बताइन् ।

संक्रमणको जोखिम बढेसँगै राष्ट्र सेवक कर्मचारीमा पनि कोरोना संक्रमण देखिएको र कार्यालयमा सेवाग्राहीको भिडभाड अत्यधिक बढेका कारण कार्यालयबाटै कोरोना संक्रमण फैलिन सक्ने जोखिम रहेकाले अर्को सूचना नभएसम्मका लागि शान्ति सुरक्षा र विपद् व्यवस्थापनसम्बन्धी सेवाबाहेक अन्य सेवाहरु हाललाई स्थगित गरिएको प्रशासनले सोमबार जारी गरेको सूचनामा उल्लेख छ ।

रसुवा प्रशासनले जारी गरेको सूचना :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?