+
+
Shares

‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्नु अनिष्टको पूर्वसंकेत : केसी

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक १८ गते ११:०२

१८ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री अर्जुननरसिंह केसीले नेपालको नाम ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्ने निर्णय अनिष्टको पूर्व संकेत भएको बताएका छन् ।

अनलाइनखबरमा सोमबार ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्न सरकारको निर्देशन शीर्षकको समाचार प्रकाशित भए लगत्तै नेता केसीले ट्विटरमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन् । ‘Federal Democratic Republic of Nepal’  नेपालको सट्टा ‘एनईपीएएल’ मात्रै लेख्ने मन्त्रिपरिषदको निर्णय संविधान उल्लंघन समेत भएको नेता केसीको ठहर छ ।

केसीले लेखेका छन्, ‘फेडेरल डेमोक्रेटिक रिपब्लिक अफ नेपाल नेलख्न र अंग्रेजी वा नेपालीमा नेपाल मात्र लेख्ने मन्त्रिपरिषदको निर्णयको कानून मन्त्रालयको पत्र र निर्देशन अहिले किन आवश्यक प¥यो ? यो नेपालको संविधानको धारा ४ को नग्न उल्लंघन र अनिष्टको पूर्वसंकेत हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?