
१८ कात्तिक, काठमाडौं । अर्थमन्त्री बिष्णु पौडेलसँग नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले भेट गरेका छन् । अर्थ मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री पौडेलले नेपालको विकासका लागि भारत सरकारबाट प्रापत सहयोगका लागि धन्यवाद ज्ञापन गरेका छन् ।
भेटमा अर्थमन्त्री पौडेल र राजदूतबीच द्विपक्षीय आर्थिक सहयोग, व्यापार र लगानी, कोभिड १९ को महामारी नियन्त्रणजस्ता विषयमा छलफल भएको अर्थमन्त्रीले जानकारी गराएको छ ।
अर्थमन्त्रीले भूकम्पपछिको पुनर्निर्माणका लागि भारत सरकारले गरेको सहयोगका लागि समेत धन्यवाद ज्ञापन गरेका थिए ।
कोभिडविरुद्ध नेपाल सरकारले चालेको कदमबारे जानकारी गराउँदै अर्थमन्त्रीले यसविरुद्ध सहकार्यको आवश्यकता रहेको बताए । भेटमा राजदूत क्वात्राले अर्थमन्त्रीलाई बधाई दिएका छन् । उनले अर्थमन्त्रीलाई सफल कार्यकालको शुभकामना समेत दिएका हुन् ।
उनले नेपाल र भारतबीच धेरै पुराना सम्बन्ध रहेको बताउँदै भारत सरकारले नेपालसँग सहकार्य गर्दै आगामी दिनमा सहयोगलाई निरन्तरता दिने बताएको अर्थ मन्त्रालयले उल्लेख गरेको छ ।
प्रतिक्रिया 4