+

रोड्रिगोको गोलमा रियलको जित

२०७७ कात्तिक  १९ गते ११:२२ २०७७ कात्तिक १९ गते ११:२२
रोड्रिगोको गोलमा रियलको जित

१९ कात्तिक, काठमाडौं । रोड्रिगोको गोल मद्दतमा रियल मड्रिडले इन्टर मिलानलाई हराएको छ र च्याम्पियन्स लिगको समूह चरणमा पहिलो जित हात पारेको छ ।

मंगलबार राति भएको खेलमा स्पेनिस च्याम्पियन रियलले ३–२ को जित निकालेको हो । खेलको २५ औं मिनेटमा करिम बेन्जिमाको गोलबाट अग्रता लिएको रियलले ३३ औं मिनेटमा सर्जिओ रोमासको गोलबाट अग्रता दोब्बर बनायो ।

तर दुई मिनेटपछि नै मार्टिनेजले गोल गरेपछि इन्टरले खेलमा फर्किने संकेत देखायो । दोस्रो हाफको ६८ औं मिनेटमा इन्टरका पेरिसिकले बराबरी गोल फर्काए ।

रियलको जितमा रोड्रेगो हिरो बने, उनले ८० औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

जितपछि पनि रियल ४ अंकसहित समूह ‘बी’को तेस्रो स्थानमा छ भने २ अंक जोडेको इन्टर पुछारमा छ । ५ अंक जोडेको बोरुसिया मानचाङ्लेबाख शीर्ष र ४ अंक जोडेको शाख्तर डोनेस्क दोस्रो स्थानमा छ ।

च्याम्पियन्स लिग रोड्रिगो
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय