+
+
Shares

पूर्वसभामुख महरा पत्नीको निधनमा ओली र प्रचण्डद्वारा शोक व्यक्त

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक १९ गते ११:५४

१९ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वसभामुख कृष्णबहादुर महराकी श्रीमती सीता महराको निधनबाट अत्यन्त दुःख लागेको बताएका छन् । उनले सीताप्रति श्रद्धाञ्जलि अर्पण गर्दै महरा परिवारमा समवेदना व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले ट्वीटरमा लेखेका छन्, ‘प्रतिनिधिसभाका सदस्य एवं पूर्वसभामुख माननीय श्री कृष्णबहादुर महराकी श्रीमती सीता महराको आज बिहान नर्भिक अस्पतालमा भएको निधनबाट अत्यन्त दुःख लागेको छ । म दिवंगत सीता महराप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै पूर्वसभामुख महराजी सहित शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’


यसैगरी नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि सीता महराको निधनबाट आफू मर्माहत भएको बताएका छन् । अध्यक्ष प्रचण्डले आज शोक वक्तव्य जारी गर्दै दिवंगत सीता महराप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार तथा आफन्तजनमा समवेदना प्रकट गरेका छन् ।

प्रचण्डले असल, सरल, मृदुभाषी र जनताका बीच चाँडै घुलमिल गर्न सक्ने क्षमताकी धनी सीताले तत्कालीन ने.क.पा. (माओवादी)द्वारा सञ्चालिन १० वर्षे महान् जनयुद्धमा सक्रिय रुपमा पार्टीका विभिन्न कमिटीहरुमा रही आफ्नो भूमिका निर्वाह गरेको स्मरणसमेत गरेका छन् ।

महरा पत्नीको आज बिहान काठमाडौंको नर्भिक अस्पतालमा निधन भएको छ । लामो समयदेखि माइस्थेनिया नामक रोगबाट पीडित सीतामा निमोनियासमेत देखिएपछि यही कात्तिक १४ गतेदेखि नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?