Comments Add Comment

वुमन्स टी-२० च्यालेन्जमा भेलोसिटीको जित

२० कात्तिक काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्त्यतिर आउँदै गर्दा युएईमा महिलाहरुको क्रिकेट प्रतियोगिता वुमन्स टी–२० च्यालेन्ज बिहीबारदेखि सुरु भएको छ ।

पहिलो खेलमा मिथली राजको कप्तानीमा रहेको भेलोसिटीले हर्मी कौरको कप्तानीमा रहेको सुपर नोभालाई ५ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको छ । सुपरनोभाले दिएको १२७ रनको लक्ष्य भेलोसिटीले एक बल बाँकी छँदा ५ विकेट गुमाएर पूरा गरेको हो ।

भेलोसिटीलाई जित दिलाउन सुने लुसले आक्रामक ब्याटिङ गर्दै २१ बलमा अविजित ३७ रन बनाइन् । उनले ४ चौका र १ छक्का प्रहार गरिन् । टप अर्डर सस्तैमा आउट हुँदा भेलोसिटीको मिडल अर्डरले राम्रो ब्याटिङ गरेको थियो । भेलोसिटीका लागि विकेटकिपर सुस्मा बर्माले ३४ र भेदा कृष्णमुर्तीले २९ रन योगदान गरिन् ।

सुपरनोभाका अयोबोङ्गा खाकाले २ विकेट लिइन् ।

त्यसअघि शारजहाँमा टस हारेर पहिले ब्याटिङ गरेको सुपरनोभाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२६ रन बनाएको थियो । सुपरनोभाका लागि चमारी अट्टुपट्टुले सर्वाधिक ४४ रन बनाइन् । यस्तै कप्तान कौरले ३१ रन जोडिन् ।

भेलोसिटीका लागि एकता विष्टले ३ तथा जहनारा आलम र लेइघ कास्परेकले २–२ विकेट लिइन् ।

तीन टिम मात्र सहभागी लिगमा राउण्ड रोबिन लिगको खेलपछि शीर्ष दुई टिमले फाइनल खेल्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment