Comments Add Comment

थप ३०५१ जनामा कोरोना संक्रमण पुष्टि

२० कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३०५१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा नमुना परीक्षण गर्दा १२०९ महिला र १८४२ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या १ लाख ८५ हजार ९७४ पुगेको छ । उनीहरुमध्ये एक हजार ५२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

१ लाख ४८ हजार ४०८ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ३ हजार ४०३ जना संक्रमणमुक्त भएका हुन् ।

देशभर ३६ हजार ५१४ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये २९ हजार ५७४ संक्रमित होम आइसोलेसनमा छन् भने ४२८ जनाको आईसीयू र ७४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

कहाँ कति थपिए संक्रमित ?

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्र १३९८ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका १०९१ जना, ललितपुरका १६० र भक्तपुरका १४७ जना छन् ।

पाल्पाका ३१८ जना, रुपन्देहीका १४२, मोरङका १२१, झापाका ११०, कास्कीका १२३, सुनसरीका १०३, चितवनका ९९, काभ्रे र नवलपुरका ७२/७२ जना, कैलालीका ५२, नवलपरासीका ३७, बाँकेका ३१, नुवाकोटका २८, स्याङजाका २५, तनहुँका २३, उदयपुर र बर्दियाका १९/१९ जना, धनुषाका १८, गुल्मीका १७, कञ्चनपुरका १६, पर्सा र पर्वतका १४/१४ जना, सप्तरीका १३, सिराहा र दाङका १२/१२ जना, धनकुटा र गोरखाका ११/११ जना तथा सर्लाही, सिन्धुपाल्चोक र अर्घाखाँचीका १०/१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै बारा, धादिङ र कपिलवस्तुका ८/८ जना, बाग्लुङका ७, ओखलढुंगा र मकवानपुरका ६/६, रामेछापका ५, इलाम, तेह्रथुम, संखुवासभा, महोत्तरी, दोलखा, सिन्धुली, लमजुङ, प्युठान, सुर्खेत र डोटीका ३/३ जना, रसुवा, सल्यान र बैतडीका २/२ जना तथा भोजपुर, रौतहट, म्यादी, अछाम र बाजुराका १/१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment