Comments Add Comment

चिनियाँ नाकाको अवरोध नहटे आन्दोलन गर्छौं : व्यवसायी

२० कात्तिक, काठमाडौं । नेपाल चाइना चेम्बर अफ कमर्सले नेपाल-चीन व्यापारिक नाकामा देखिएको अवरोधले व्यवसायीहरु आन्दोलित हुने अवस्था सिर्जना भएको बताएको छ । संघले बिहिबार एक विज्ञप्ति जारी गर्दै निर्बाध नाका सञ्चालन गर्ने वातावण बनाउन सरकारको ध्यानाकर्षण गराएको छ ।

‘आठ-दश महिनादेखि नाकामा करोडौंको माल वस्तु अलपत्र हुँदा व्यवसायीहरु टाट पल्टने अवस्थामा रहेको र विविध मानसिक चिन्ता एवम् विचलन भई आन्दोलित हुने अवस्थामा सिर्जना भएको छ,’ संघका महासचिव विवेक पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

नाकामा अड्केका माल सामानहरु समयमा नेपाल ल्याई विक्री वितरण गर्न नसकेमा व्यवसाय नै धरासाय भई पलायन हुनुपर्ने अवस्था संघको भनाइ छ । नाकाकै कारण दुई देश वीच सडक मार्गबाट हुने व्यापारप्रति व्यवसायीहरु नकारात्मक हुन थालेको पनि संघले जनाएको छ ।

तातोपानी र रसुगागढीमा लगाइएको कोटा प्रणाली हटाएर निर्बाध कन्टेनरहरु चल्न दिन सक्ने वातावरण बनाउन पनि संघले सरकारसँग अपिल गरेको छ ।
नेपालमा चीनबाट ब्यापार हुने म्ूख्य दुई नाका रसुगागढी र तातोपानी कोरोनाका कारण गत वर्ष चैतमा सरकारले बन्द गरेको थियो । मानवीय गतिविधिमा रोक लगाउँदै अत्याअश्यक वस्तुको आयात मात्रै खोल्ने गरी नाका पुनः सञ्चालनमा आएपनि पुनः कोरोना र बाढी पहिरोका कारण नाका बन्द भएको थियो ।

कोभिड-१९को सुरक्षा प्रोटोकल अनुशरण गरेर नाका खोल्न दुवै देश सहमत भए पनि हाल नाकाबाट कोटा प्रणालीमा सीमित मात्रामा मात्रै कन्टेनरहरु आई रहेका छन् । गत चैतअघि नै नाकातर्फ आएका करिब ८ सय कन्टेनरहरु नाकाकै अबरोधले रोकिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment