 
																			नायक सुनिल सेट्टीकी छोरी आथिया सेट्टी क्रिकेटर केएल राहुलको प्रेममा छिन् । उनीहरुले, आफूहरुको प्रेमको खुलासा गतबर्ष नै गरेका थिए । नोभेम्बर ५ मा परेको आथियाको जन्मदिनमा राहुलले गरेको विसले धेरैको मन जितेको छ । हालै आइपीएल खेल सकेका राहुलले आफ्नी प्रेमिका आथियाको जन्मदिनमा लेखेका छन्–‘जन्मदिनको शुभकामना, मेरो पागल बच्चा ।’
आथिया र राहुलले गतबर्ष थाइल्याण्डमा पनि एकसाथ समय बिताएका थिए । राहुलले शेयर गरेको तस्वीरमा उनी आथियासँग देखिएका थिए ।
सन् २०१५ मा चलचित्र ‘हिरो’बाट बलिउडमा प्रवेश गरेकी आथियाको करिअर सुखद तरिकाले अगाडि बढेको भने छैन । तर, उनी भारतीय क्रिकेटका ह्यान्डसम क्रिकेटर राहुलको प्रेमका कारण चर्चामा छिन् ।
बलिउड र क्रिकेटको कनेक्शन खुबै छ । नायक विराट कोहली र अनुष्का शर्माले पनि केही बर्ष अगाडि बिहे गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4