+
+
Shares

पर्वतारोही र क्लामिङ गाइडले दूर्घटना बिमा नगरी आरोहणमा जान नपाउने

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक २१ गते १९:०३

२१ कात्तिक, काठमाडौं । हिमाल आरोहणमा जाने नेपाली नागरिक र पर्वतारोहण पथप्रदर्शकले अनिवार्य दूर्घटना बिमा गराउनु पर्ने प्रावधान छ । तर, आरोहीहरु बिमा नगरी आरोहण अनुमति माग्न आएपछि नेपाल पर्वतारोहण संघले बिमा नगरेसम्म आरोहण अनुमति जारी नहुने स्पष्ट पारेको छ ।

नेपाली आरोही र गाइडले अनिवार्य १५ लाख रुपैयाँ बराबरको दूर्घटना बीमा गराउनु पर्छ । संघका अनुसार आरोहण अनुमति माग गर्दा दूर्घटना बीमा गरेको कागजात अनिवार्य रुपमा सक्कल प्रति नै पेश गर्नुपर्ने भएको छ ।

साथै आरोही र गाइडको ४ लाख रुपैयाँ बराबरको औषधि उपचार बीमा र १० हजार डलर बराबरको हेलिकोप्टर उद्धार बीमा समेत हुनुपर्ने भएको छ । यी दुई बीमाका लागि बीमा कम्पनीबाट प्रतिवद्धतासहितको पत्र पेश गरेपछि मात्र आरोहण अनुमति दिने संघले स्पष्ट पारेको छ ।

विदेशी आरोहणले भने सम्बन्धित मुलुकबाटै यो प्रक्रिया पुरा गरी आरोहणमा आउने गर्छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?