Comments Add Comment

हिमालयको ध्रुवीकरण

यथार्थमा हिमालय

लामो समय ‘दक्षिण एसिया’ भन्ने अवधारणा चलनचल्तीमा आइरहँदा यस भेगको अध्यनमा प्रयोग गरिने अर्को शब्दावली हो, ‘हिमालय’ । अंग्रेजीको यो शब्दको बनावट, नेपालीको हिमाल र बंगालीमा उच्चारित हिमालयबाट भएको हो भनेर पनि भन्ने गरिन्छ । प्राज्ञिक व्याख्यानमा, भारत–तिब्बत पर्वत श्रृंखलामा रहेका केही राज्य, र ती राज्यका मातहतका प्रान्तहरूले हिमालयलाई प्रतिनिधित्व गर्दछ ।

हिमालयको अध्ययनमा हिमालयलाई वैचारिक अवधारणामा भू-आकृति आर्थात कार्टोग्राफिक परिदृश्यमा छुट्टाएर हेर्ने गरिएको पाइन्छ । यसो गर्नमा भूगोललाई प्रमुख मानक मानिएको छ ।

यस भूगोलभित्र उचाइमा रहेको पर्वतीय भूभाग, पहाडी भेग र समथरमा रहेको समतल भूमि पर्दछन् । अनि बल्ल, यस भू-अस्तित्व संगैजनसंख्या, संस्कृति, जनमानस बीचको पारस्परिक अन्तरसम्बन्ध, जीवन-अनुभूति, जीविकार उपजीविका, सिमाना र राजनीति जोडिएर आउँछ ।

हिमालीहरूको अंग्रेजी मोह

यो समग्र जमिनको हिस्सामा रहेको आवादीले नै हिमालयलाई जीवन्त तुल्याएको छ । यही बहुआयामिकपना र यसभित्रका अन्तर्निहित विरोधाभासका आयामहरुलाई बहुविधागत अन्वेषकहरुले आफ्नो खोजको विषय बनाएका छन् । तसर्थ, लामो समयदेखि बहुसंख्यक अनुसन्धानकर्मीहरुका लागि हिमालय प्रमुख छानविनको अंश बन्न पुगेको छ । तर, यसका बाबजुद, हिमालयमा अभिरुचि राख्ने अधिकांश अनुसन्धानकर्मीहरु माझ प्रभावकारी सम्वादको आदान प्रदान भने खासै हुन सकिरहेको छैन ।

राजनैतिक प्रतिस्थापन र राज्यको सीमांकन त भयो तर नागरिकप्रतिको बोध र आस्था चाहिँ भएन । जनसमुदायको सामाजिक र सांस्कृतिक पाटो बलियो हुँदाहुँदै पनि त्यसमाथि पश्चिमा अवधारणाबाट अभिप्रेरित राज्य र राजनीतिको अवधारणाले प्रभुत्व पायो । जसलाई, आधुनिकता र आधुनिकीकरणको मान्यताले दरिलोसँग स्थापित गर्‍यो ।

अर्थात्, लेख रचनामा एकअर्काका सामग्रीहरु साभार गरिएता पनि यसमाथि नौलो, प्रतिस्पर्धी, लोक अनुकुल, र परिवर्तनगामी विचारको अभाव अहिलेसम्म पनि खड्किन्छ । यसका अलावा, दक्षिण एसियाको सन्दर्भमा, हिमालयमाथि गरिने टिप्पणी र अधिकांश लेख रचनाहरु अंग्रेजी भाषा मार्फत व्यक्त भएको पाइन्छ । यद्धपि, यस भेगमा अंग्रेजी अलावा बहुसंख्यक स्थानीय भाषाहरु अस्तित्वमा छन् । तर, यस भेगका अन्वेषकहरूको रोजाइमा केवल अंग्रेजीमा लेखिएका कृतिहरु मात्र प्राथमिकतामा पर्नु आफैमा आश्चर्यजनक कुरा हो ।

यसो हुनुका पछाडि राज्यका कुलीनहरुको साम्राज्य संगको सम्बन्ध र आधुनिकताप्रतिको मोह हो ।

काल्पनिक र आयातित राष्ट्र-राज्य

मुख्यतयः हिमालयको समग्र परिकल्पना ‘राष्ट्र-राज्यको’ नमूनामा खुम्चिएको पाइन्छ । एउटा निश्चित भूभागमा बसोवास गर्ने समुदाय र ती समुदायलाई नियन्त्रण गर्ने राजनीतिक तथा कानुनी प्रणालीबीचको सम्बन्धलाई व्याख्या गर्न पश्चिमा अन्वेषकहरुले जबर्जस्त तरिकाले अघि सारेको एक शक्तिशाली अवधारणा हो यो ।

यस भेगका अनुसन्धानकर्ताहरु माझ पनि यो ढाँचा प्रिय बन्दै तिनले एसको व्यापक वकालत गरे । राष्ट्र-राज्यको चस्माबाट हिमालयका विषय-वस्तु र त्यससँग जोडिएका पर्यावरणलाई खण्डीकृतरूपमा हेर्ने एउटा पद्धतिको विकास यसले गर्‍यो ।

यही अवधारणामा टेक्दै यस समग्र भू -क्षेत्रलाई दुई श्रेणीगत विभाजन, पर्वतीय श्रृंखला र समथर भूमिमा बाँडेर हेर्ने पद्धति र परिपाटी बसालियो। यसका साथै, त्यस प्रक्रियामा, नागरिकता भन्ने अवधारणाले ध्रुवीकरण गर्न थप सघाउ पुर्‍यायो ।

उच्च प्राथमिकतामा पर्वतीय भूभाग

हुनतः भौगोलिक दृष्टिकोणले हेर्दा हिमालयको माथि उल्लेखित प्राकृतिक भेद स्वभाविक हो । तर, राष्ट्र-राज्यको दृष्टिकोणबाट व्याख्या गर्ने सन्दर्भमा भौगोलिकतालाई श्रेणीगत विभाजन गरिँदै चर्काइएको थप राजनैतिक लेपन चाहिने निर्मित हो। परिणामतः यस भूगोलमा बसोबास गर्ने स्थानीयहरुबीच ‘हामी’ र ‘तिनी’ बीचको समदूरी बढ्दै गयो, जसले अरु विखण्डन र विभाजनलाई उत्तेजित गराउन मलजल गर्यो ।

रोचक कुरो त, हिमालयको परिकल्पनालाई पर्वतीय भेगमा मात्रै संकुचित गर्ने मान्यतालाई स्थापित गरियो । अनि,अधिकांश प्रकाशित सामग्रीहरूमा माथि उल्लेखित भूगोलको दुई यथार्थलाई श्रेणीगत विभाजन गर्दै पर्वतीय भूभागलाई मात्र प्राथमिकता दिइयो । अर्थात, पर्वतीय भूभागलाई समथल भूमिबाट छुट्टाएर हेर्ने हेरियो, जुन एउटा समयमा रणनीतिक पनि थियो ।

यस लेखका लेखकद्वयले भने, यस पद्धतिलाई आत्मसात नगरी दुवै भौगोलिक एकाइलाई पारस्परिकतामा हेरिनुपर्छ भन्ने तर्कलाई अघि सार्न चाहन्छ । साथै, यस भेगमा देखिने सांस्कृतिक विविधता आफैमा एउटा मौलिक विशेषता र विशिष्टता हो । तर, यस जीवन अनुभूतिलाई विविधतामा मात्र नहेरी सांगठित पूर्णतामा पनि हेरिनुपर्छ । अन्यथा, हिमालयको अवधारणा सधै समस्याग्रही, अपुष्ट, जटिल र काल्पनिक परिकल्पनामा मात्र खुम्चिन पुग्छ ।

मुक्तिदाताको खोजी र खाँचो

परापूर्वकालदेखि निरन्तरता पाएको परम्परा, पर्वतीय भूभाग र समतल भूमि दुवैमा थियो । उदाहरणका लागि- पशुपालन, खेतीपाती, विवाह र नातागोता, लोकपरम्परा, सम्पदाको संरक्षण, तीर्थाटन, व्यापार, प्रकृति पूजा, बसाइँसराइ र स्थानीय तहमा शासन सञ्चालन गर्ने विधि । यी दुवै भेगमा बसोबास गर्ने मानिसहरुका बीच लामो समयदेखिआफ्नै किसिमको सामीप्य थियो र समदूरी पनि । तर, यति लामो इतिहास बोकेको हिमालयलाई यसरी अलग्याएर हेर्दा हामीले खण्डित अवयवलाइनै प्रश्रय दिइरहेका हुनछौं ।

तसर्थ अहिलेको वर्तमान जन्य परिस्थितिमा व्यवहारतः सांस्कृतिक र राजनीतिक रूपमा हिमालयको खण्डीकरणकोप्रक्रिया तीव्ररुपमा अघि बढ्दै गइरहेको देखिन्छ । यसलाई पुनःजीवनत दिन सकिने आधारहरु हुन सक्लान् र कसले दिने भन्ने प्रश्न अहिले टड्कारो रूपमा तेर्सिएको छ ।

अर्कोतिर, एस सामूहिक सांस्कृतिक र राजनैतिक यथार्थ बोकेको हिमालय किन यो परिस्थिति र अवस्थितिमा आइपुग्यो भनी खोजी गर्न पनि नितान्त जरुरी छ ।

एउटा उदाहरण दिऊँ, आधुनिकताको नाउँमा सबैले उपभोग गर्दै आइरहेको आधारभूत र साझा प्राकृतिक स्रोतहरू जस्तै नदी, जंगल, जमिन केही सिमित शक्तिशालीको चंगुलमा नियन्त्रित हुनपुग्यो ।

विडम्बना, यिनैलाई हितकारी हुने कानुन राज्यले निर्माण गर्यो र यसलाई नेतृत्व गर्ने प्रतिनिधिले त्यसमा आफ्नो हिस्सा खोज्यो । जनसमुदायको प्राकृतिक स्रोत र सम्पदा माथिको परनिर्भरता, आस्था, र पवित्रता बिस्तारै टुट्दै जान थाल्यो । यी सीमित बहुसंख्यकले नै स्थापित गरेका नबसांस्कृतिक मान्यताहरुलाई आत्मासात गर्न जनमानस एकातिर बाध्य भयभने अर्कोतिर गाउँ, समाज, सहर र परिवार बाट यी अलग्गिन बाध्य भए ।

अर्थात, विगतका केही दशकहरुलाई हेर्ने हो भने भारि संख्यामा आफ्नो बासस्थानबाट भएको बसाइँसराइको साक्षी हामी छौ । अब, यिनै प्रसङ्ग, मतका मतियारहरुका लागि प्रमुख राजनैतिक नारा बन्यो। यिनै पीडा र निराशालाई राजनीतिक मुद्दा बनाउँदै राजनीतिक प्रक्रियालाई स्थापित गर्ने दल वा ब्यक्तिले निर्वाचन उपरान्त पूर्णरूपमा बिर्सिए । हालका दिनहरुसम्म पनि माथि उल्लेख गरिएका सीमित स्वार्थ समूहलाई नेतृत्व गर्ने व्यक्ति नै भोटमा आधारित निर्वाचनमार्फत शक्ति संरचनामा प्रतिनिधित्तो गर्न पुगेका छन् । र, त्योसँगै आउने दोहन बढ्दो छ ।

दोषी को ?

हिमालयको यो दुर्दशा किन भइरहेको छ भनेर हेर्दा अधिकांश प्रकाशित सामग्रीहरूले यसको पूर्ण जिम्मेवारी बेलायती औपनिवेशिक काललाई मान्ने गरेको देखिन्छ। तर, १९५० को दशकको उपरान्त यसमा बढेको क्रमभंगतालाई नियाल्दा र साथै संभारको निदानतर्फ हामी उन्मुख नहुँदा अब यो केवल आंशिक सत्य हुन पुगेको छ।

यसलाई एउटा दृष्टान्त बाट पुष्टि गर्नुपर्दा बेलायती उपनिवेशकालमा यस भेगमा भएको श्रमिकको स्थानान्तरण, परिचालनर तिनले बगाएको पसिनाको मोल १९५० को दशक उपरान्त झनै कहालीलाग्दो हुँदै गयो । इतिहासको यस दुर्दशाबाट हामीले पाठ नसिकेको प्रस्ट देखिन्छ ।

यहाँका बासिन्दाहरु कागजी पहिचान बिना पनि स्थानन्तरगमन भएको पाइन्छ । अर्थात, यो आवत जावतमा ब्रिटिस औपनिवेशिककालमा कठिन भएन । तर, ब्रिटिसको प्रस्थान उपरान्त स्थानान्तर गमनलाई कडाइ गरियो र निर्मित राष्ट्रियताले नयाँ स्वरुप लिँदै धेरै कुरामा राज्यले सीमाङ्कनमा कडाइ गर्यो । अस्तित्वमा लामो समयसम्म रहेको भूगोल र सहभाजी संस्कृति राष्ट्रिय पहिचानमा परिणत भयो ।

राजनैतिक प्रतिस्थापन र राज्यको सीमांकन त भयो तर नागरिकप्रतिको बोध र आस्था चाहिँ भएन । जनसमुदायको सामाजिक र सांस्कृतिक पाटो बलियो हुँदाहुँदै पनि त्यसमाथि पश्चिमा अवधारणाबाट अभिप्रेरित राज्य र राजनीतिको अवधारणाले प्रभुत्व पायो । जसलाई, आधुनिकता र आधुनिकीकरणको मान्यताले दरिलोसँग स्थापित गर्‍यो ।

आधुनिकतालाई पछ्याउँदा

ती जनसमुदाय, जसले आधुनिकतालाई आत्मासात गर्न सकेनन्, ती झनै धकेलिँदै गए । परिणामतः यसले आर्थिक विपन्नता र असमानताका खाडल झनै बढायो । कृषियोग्य जमिनझन् झन् खण्डीकृत हुँदै गयो, जसले खेतीयोग्य जमीनलाई मौद्रिकीकरण गर्यो र जीवननिर्वाहको दिगोपनालाई कमजोर बनायो । यही विपन्नता र दुखलाई अघि सार्दै नवोदित राजनैतिक दलले आफ्नो राजनैतिक मुद्दा बनायो । साथै, यही विपन्नता र दुखलाई देखाउँदै पाश्चात्य दातालाई गुहार्ने रणनीति बन्न पुग्यो। यसैको एउटा स्वरुप समाज र सामाजिक समस्याको एनजीओकरण हो ।

आधुनिकताको नाउँमा सबैले उपभोग गर्दै आइरहेको आधारभूत र साझा प्राकृतिक स्रोतहरू जस्तै नदी, जंगल, जमिन केही सिमित शक्तिशालीको चंगुलमा नियन्त्रित हुनपुग्यो । विडम्बना, यिनैलाई हितकारी हुने कानुन राज्यले निर्माण गर्यो र यसलाई नेतृत्व गर्ने प्रतिनिधिले त्यसमा आफ्नो हिस्सा खोज्यो ।

अर्कोतिर, यो प्रक्रियाले विभिन्न समुदायमा आधारित सामूहिक र सामाजिक संरचनाहरु लोप हुनेवा कमजोर बन्नेअवस्थितिसृजना गर्यो।केन्द्रीकृत राज्य प्रणाली र निजीकरणले व्यक्तिको नाफारहित अन्तरसम्बन्धलाई तोड्दै वर्गीय र सामाजिक दुरीलाई झनै बढायो। उदाहरणार्थ, पारम्परिक संरचनाहरूले जसरी स्थानीय वादविवादको निरुपण गर्थे, अब ती प्रक्रिया राज्यबाट निर्मित अदालती संरचनाहरुबाट हुन थाल्यो । फलस्वरूप, स्थानीयकरणको प्रक्रिया अवरुद्ध हुन पुगी राष्ट्रियकरणका नाममा ती समुदायले आफूलाई वञ्चितीकरणमा पारिएको अनुभुति गर्न थाले ।

हिमालयलाई प्रतिनिधित्व गर्ने वातावरण र पर्यावरणलाई अन्तराष्ट्रियकरण गर्दै हिमालयको व्याख्या र विश्लेषण गरियो । तर, आधुनिकता सँग जोडिएर आउने मुख्य अवयव राष्ट्र र राज्यले प्राथमिकता पाइरहँदा अन्तर्राष्ट्रियकरणले निर्मित गरेको परिकल्पना सँगसँगै राष्ट्रियकरणको विस्तार पनि हुँदै गयो ।

यस राष्ट्रियकरणको नीतिले सिमांकन र भूगोल बाहिरका नागरिकहरूलाई कागजी पहिचानले नियन्त्रित गर्‍यौं जसले लामो समयदेखि परस्पर सम्बन्धमा रहेका स्थानीयहरुको दिनानुदिनलाई प्रभावित पार्‍यो । त्यसैगरी, राज्यले अपनाएको विकास नीतिले प्राकृतिक स्रोत र साधनहरुलाई चरम दोहन गर्दै राष्ट्रियकरणलाई निजीकरणले थप प्रोत्साहित गर्‍यौं ।

तसर्थ, हाम्रो आधुनिक चेतनाले परिकल्पना गरेको संसारमा हिमालय विभिन्न स्वरुपमा र प्रक्रियामा मार्फत ध्रुवीकृत र खण्डीकृत हुँदै गइरहेको देखिन्छ । ती प्रक्रिया र सो रुपअन्तर्गत राजनीतिक आधुनिकीकरण र यसले जन्माएको सांस्कृतिक प्रक्रियासँगै निर्मित वर्गीय स्वरूपले दुवै भूगोल र जनसंख्याको दुरीलाई झन् झन् बढाउँदैछ । विडम्बना, यसैलाई हामीले हिमालयको नामाङ्करण गर्‍यौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment