Comments Add Comment

आईपीएल : बैंगलोरलाई हराउँदै हैदरावाद क्वालिफायरमा


२१ कात्तिक, काठमाडौं  । सनराइजर्स हैदरावाद इन्डियन प्रिमियर लिग (आइपीएल) टीऔ२० को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ ।

शुक्रबार भएको एलिमिनेटर खेलमा रोएल च्यालेन्जर्स बैंगलोरलाई ६ विकेटले पराजित गर्दै हैदरावादले दोस्रो क्वालिफायरमा स्थान बनाएको हो ।

हैदरावादले अब फाइनल पुग्न पहिलो क्वालिफायरमा मुम्बईसँग पराजित भएको दिल्ली क्यापिटल्ससँग खेल्नेछ । पहिलो क्वालिफायरमा दिल्ली मुम्बईसँग ५७ रनले पराजित भएको थियो ।

लिग चरणको अन्तिम तीन खेलमा उत्कृष्ट प्रदर्शन गर्दै जित हात पारेको हैदरावादले एलिमिनेटरमा बैंगलोरविरुद्ध पनि सोही लयलाई काम राख्दै जित हात पारेको हो ।

बैंगलोरले दिएको १३२ रनको लक्ष्य हैदरावादले १९.४ ओभर खेल्दै ४ विकेट गुमाएर पूरा गरेको हो । हैदरावादका लागि केन विलियम्सनले अर्धशतक प्रहार गरे । उनले ४४ बल खेल्दै २ चौका र २ छक्का मद्दतमा अविजित ५० रन नाए । मनिस पाण्डेले २४ रन योगदान गरे । यस्तै ज्यासन होल्डरले अविजित २४ रन बनाए । होल्डरले अन्तिम ओभरको तेस्रो र चौथो बलमा लगातार चौका प्रहार गर्दै हैदरावादको जित पक्का गरेका थिए । बैंगलोरका लागि मोहम्मद सिराजले २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३१ रन बनाएको थियो । एबी डे भिलियर्सले अर्धशतक बनाउनु बाहेक बैंगलोरका लागि अन्य खेलाडीले खासै राम्रो प्रदर्शन गर्न सकेनन् । डे भिलयर्सले ४३ बल खेल्दै ५ चौका मद्दतमा सर्वाधिक ५६ रन बनाए । यस्तै आरोन फिन्चले ३२ रन जोडे । देवदत्त पाडिक्कलसंग ओपनिङ गरेका कप्तान विराट कोहली ६ रन मात्र बनाएर आउट भए । पाडिक्कलले १ रन मात्र बनाए ।

हैदरावादका लागि उत्कृष्ट बलिङ गरेका ज्यासोन होल्डरले ४ ओभरमा २५ रन खर्चेर ३ विकेट लिए । यस्तै टी नटराजनले ४ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए । विकेटविहीन भए पनि किफायती बलिङ गरेका सन्दीप शर्मा र रासिद खानले क्रमश: २२ र २१ रन खर्चिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment