+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

के हो वीर्यपातको समस्या ?

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक २३ गते २०:४३

वीर्यपातको अर्थ हुन्छ अनिच्छित रूपमा वीर्य निस्कने क्रिया । जो आमरूपमा निद्राको समयमा या पिसाब या मल त्यागको समयमा हुने गर्छ । यो कतिपय पुरुषमा हुने एक किसिमको यौन समस्या हो । जसमा अनिच्छित रुपमा वीर्यपात हुने गर्छ । जुन आमरूपमा यौन उत्तेजना र सम्भोगविना नै हुनेगर्छ ।

यो समस्या प्रायः रोगीको यौन अंगमा हुने दुर्लभतासँग जोडिएको हुन्छ ।

के हो वीर्यपातको लक्षण एवं संकेत ?

वीर्यपतन रोग एक तर लक्षण अनेक हुने समस्या हो । यो समस्या अत्यधिक हस्तमैथुन या यौन सम्बन्धका कारण हुनेगर्छ । त्यस्तै, दीर्घकालीन यौन थकानसँग सम्बन्धित निम्न लक्षण देखिन सक्छ ।

–कम्मरमा दुखाइ (विशेषगरी कम्मरको तल्लो भागमा)

–कम्मरको तल्लो भागमा भएको दुखाइले शरीरका विभिन्न स्थानमा दुखाइको महसुस गराउनु

–अण्डकोष या मेरिनियममा हुने दुखाइ

–चक्कर आउनु

–सामान्य कमजोरी

–रातमा पसिना आउनु

–अण्डकोष क्षेत्रमा पसिना आउनु आदि ।

वीर्यपातको कारण

यस रोगको कारण तथा जोखिमका कारक निम्न किसिमका छन् ।

–पुरुषको जननांग टेस्टेसलाई बाँकी शरीरको तापमानसँग केही हदसम्म चिसो राख्नुपर्छ । जब टेस्टेस अधिक गर्मीको प्रभावमा आउने गर्छ र रातमा सुतेपछि शुक्राणु जारी हुन थाल्छ । किनकि शुक्राणुको प्रवाह क्षतिग्रस्त हुने गर्छ ।

–यौन उत्तेजनालाई प्रभावित गर्नेवाला दृश्य समेत यस समस्यामा पैदा हुन सक्छ ।

–अत्यधिक हस्तमैथुन या यौन सम्बन्धका कारण पनि यो समस्या सिर्जना हुने गर्छ ।

–यो रोग कमजोर पाचनतन्त्र या सामान्य शारीरिक कमजोरीका कारणले पनि हुने गर्छ ।

–यो दक्षिणपूर्वी एशियाली देशहरु चीन र भारत जस्ता देशका पुरुषहरूमा बढी समस्याग्रस्त रोग हो ।

–तन्त्रिका एवं तन्त्रको कमजोरी

–मूत्र र जननांग अंगको क्षीणता

–अत्यधिक हस्तमैथुन गर्ने बानी

–यौन असन्तोष

–संकीर्ण मूत्र निकास मार्ग आदि यसका कारणहरू हुन् ।

वीर्यपात रोगको उपचार निरुपण कसरी गर्ने ?

–सफल रोग निवारक उपचारको लागि वीर्यपातको प्याथोलोजीको सही दृश्य जरुरी हुन्छ ।

–राम्रोसँग सन्तुलित र पौष्टिक आहार खानु

–मदिरा आदिको प्रयोगबाट टाढा रहनु

–रातको समयमा कम खाना खानु

–बिहान उठेपछि मात्रै मूत्र त्याग गर्नु

–केही दह्रो आसनमा सुत्ने कोसिस गर्नु

–बिहानको समयमा सकेसम्म चाँडो उठ्ने कोसिस गर्नुहोस् ।

–राति सुत्ने समयमा भित्री वस्त्र मात्रै लगाएर सुत्ने नगर्नु

–जननांगलाई पूर्ण रूपमा स्वस्थ राख्नु आदि वीर्यपातको समस्या समाधानको कारण हुन सक्छ ।

वीर्यपातको नियन्त्रणको लागि शारीरिक अभ्यास

अभ्यासमार्फत् पनि वीर्यपातको समस्या समाधान गर्न सकिन्छ । तर कुन् मांसपेशीलाई अभ्यासमा ध्यान दिने ? भन्ने कुरा जानकारी राख्नुपर्छ । यसको लागि किगल एक्सरसाइज गर्न सहज हुने चिकित्सकहरू बताउँछन् । यो पिसाब गर्ने समयमा आफ्नो मांशपेशीहरूको अवस्थाको बारेमा पत्ता लगाउने सबैभन्दा सजिलो तरिकामध्येको एक हो । जुन यस्तो प्रकारको हुन्छ ।

–आधा पिसाब गरेपछि बाँकी पिसाब एकछिन रोक्ने या बिस्तारै बिस्तारै गर्ने गर्नुहोस् ।

–आफ्नो पिसाब गर्ने समयमा सास रोक्ने काम नगर्नुहोस् ।

किगल व्यायाम गर्नको लागि

५ सम्म बिस्तारैबिस्तारै गन्ती गर्नुहोस् र आफ्नो यी मांसपेशीहरुलाई जान्ने कोसिस गर्नुहोस् ।

–फेरि ५ गन्दै बिस्तारै पुरानै अवस्थामा फर्किनुहोस् ।

–यस प्रक्रियालाई १० पटकसम्म दोहो¥याउनुहोस् ।

–१० पक केगलको सेटलाई दिनमा कमसेकम १० पटक गर्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?