
२४ कात्तिक, काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण थप २४ जनाको मृत्यु भएको छ ।
कास्कीमा ४ जना, काठमाडौंमा ३ जना, मोरङ, सुनसरी रुपन्देही र कैलालीमा २/२ जना, झापा, इलाम, उदयपुर, सिराहा, रामेछाप, ललितपुर, भक्तपुर, नुवाकोट, चितवनमा १/१ जनाको मृत्यु भएको प्रदेशका सामाजिक विकास मन्त्रालय र सम्बन्धित अस्पतालहरुले जनाएका छन् ।
- दमक नगरपालिका–१ झापाका ४२ वर्षका पुरुषको विराट शिक्षण अस्पतालमा सोमबार विहान ७ बजे मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि उनलाई कात्तिक ९ गते अस्पताल भर्ना गरिएको थियो । उनमा निमोनियाको समस्या थियो ।
- मंगलबारे इलामका ६५ वर्षका पुरुषको सोमबार विहान नोबेल मेडिकल कलेज विराटनगरमा मृत्यु भएको छ । मधुमेह र फोक्सोसम्बन्धी समस्या भएका उनी कात्तिक १७ गते अस्पताल भर्ना भएका थिए र सोही दिन उनमा संक्रमण पुष्टि भएको थियो ।
- रतुवामाई नगरपालिका–८ मोरङका ४८ वर्षका पुरुषको कोशी अस्पतालमा सोमबार विहान पौने ७ बजे मृत्यु भएको छ । कात्तिक १८ गते संक्रमण पुष्टि भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।
- पथरी शनिश्चरे नगरपालिका–१ मोरङका ६५ वर्षका पुरुषको धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सोमबार मृत्यु भएको छ । कात्तिक १३ गते संक्रमण पुष्टि भएका उनलाई कात्तिक २३ गते अस्पताल भर्ना गरिएको थियो । उनमा हाइपरटेन्सन र मधुमेहको समस्या थियो ।
- इनरुवा नगरपालिका– ४ सुनसरीका ५७ वर्षका पुरुषको आइतबार राति ८ः४० बजे विराट शिक्षण अस्पतालमा मृत्यु भएको छ । कोराना संक्रमण पुष्टि भएपछि उनलाई कात्तिक २२ गते अस्पताल भर्ना गरिएको थियो ।
- इनरुवा सुनसरीका ७२ वर्षका पुरुषको सोमबार विहान ३ बजे नोबेल मेडिकल कलेज विराटनगरमा मृत्यु भएको छ । कात्तिक १७ गते अस्पताल भर्ना भएका उनमा सोही दिन संक्रमण पुष्टि भएको थियो ।
- त्रियुगा नगरपालिका–११ उदयपुरकी ६५ वर्षकी महिलाको विराट शिक्षण अस्पतालमा सोमबार विहान मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि उनलाई कात्तिक २२ गते अस्पताल भर्ना गरिएको थियो ।
- सिराहाका ६५ वर्षका पुरुषको नोबेल मेडिकल कलेज विराटनगरमा आइतबार राति १० बजे मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि उनी कात्तिक १२ गते अस्पताल भर्ना भएका थिए ।
- रामेछापका २० वर्षका पुरुषको कात्तिक २२ गते मृत्यु भएको छ । कात्तिक २२ गते अस्पताल भर्ना भएका उनमा मृत्युपछि २३ गते संक्रमण पुष्टि भएको हो । उनी मधुमेहको बिरामी थिए ।
- काठमाडौंका ७३ वर्षका पुरुषको कात्तिक २२ मृत्यु भएको छ । स्वासप्रश्वासमा समस्या भई कात्तिक १५ गते अस्पताल भर्ना भएका उनमा सोही दिन संक्रमण पुष्टि भएको थियो । उनी उच्च रक्तचापको विरामी थिए ।
- काठमाडौंका ४९ वर्षका पुरुषको कात्तिक २३ गते मृत्यु भएको छ । कात्तिक १९ गते संक्रमण पुष्टि भएका उनी २३ गते अस्पताल भर्ना भएका थिए ।
- चाबहिल काठमाडौंकी ८१ वर्षकी महिलाको कात्तिक २३ गते मृत्यु भएको छ । कात्तिक १५ गते संक्रमण पुष्टि भएकी उनी स्वासप्रश्वास र मुटुमा समस्या भई कात्तिक १६ गते अस्पताल भर्ना भएकी थिइन् । उनमा मिर्गौलाको समस्या थियो ।
- ललितपुरकी ५९ वर्षकी महिलाको सोमबार मृत्यु भएको छ । कात्तिक ६ गते संक्रमण पुष्टि भएकी उनी ७ गते अस्पताल भर्ना भएकी थिइन् । उनमा उच्च रक्तचापको समस्या थियो ।
- सूर्यविनायक भक्तपुरका ७३ वर्षका पुरुषको कात्तिक २१ गते मृत्यु भएको छ । कात्तिक ८ गते संक्रमण पुष्टि भएका उनी १३ गते अस्पताल भर्ना भएका थिए ।
- नुवाकोटमा ६३ वर्षका पुरुषको कात्तिक २३ गते मृत्यु भएको छ । कलेजोको समस्या देखिएर कात्तिक २२ गते अस्पताल भर्ना भएका उनमा २३ गते संक्रमण पुष्टि भएको थियो । उनमा उच्च रक्तचापको समस्या थियो ।
- भरतपुर चितवनका ४९ वर्षका पुरुषको कात्तिक २३ गते मृत्यु भएको छ । कात्तिक १६ गते संक्रमण पुष्टि भएका उनी २० गते अस्पताल भर्ना भएका थिए । उनी मधुमेहको बिरामी थिए ।
- पोखरा महानगरपालिका–११ कास्कीका ६० वर्षका पुरुषको सोमबार विहान १०ः १३ बजे गण्डकी मेडिकल कलेजमा मृत्यु भएको छ । उनमा १६ कात्तिकमा संक्रमण पुष्टि भएको थियो ।
- पोखरा महानगरपालिका–१७ कास्कीकी ७४ वर्षकी महिलाको आइतबार साँझ ६ः १८ बजे गण्डकी मेडिकल कलेजमा मृत्यु भएको छ । उनलाई कात्तिक २३ गते संक्रमण पुष्टि भएको छ ।
- पोखरा महानगरपालिका–१० कास्कीका ८६ वर्षका पुरुषको फिस्टेल अस्पतालमा आइतबार राति ११ः४१ बजे मृत्यु भएको छ । उनमा कात्तिक १९ गते संक्रमण पुष्टि भएको थियो ।
- पोखरा महानगरपालिका कास्कीकी ८२ वर्षकी महिलाको मणिपाल शिक्षण अस्पतालमा आइतबार साँझ ६ः५० बजे मृत्यु भएको छ । उनमा कात्तिक २२ गते संक्रमण पुष्टि भएको थियो ।
- बुटवल उपमहानगरपालिका–१७ रुपन्देहीका ४५ वर्षका पुरुषको सोमबार विहान ६ बजे लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा मृत्यु भएको छ । स्वासप्रश्वासमा समस्या र ज्वरो आएपछि उनलाई शनिबार अस्पताल भर्ना गरिएको थियो र सोही दिन संक्रमण पुष्टि भएको थियो । उनमा कलेजो र मिर्गौला रोगको समस्या थियो ।
- सैनामैना नगरपालिका रुपन्देहीकी ५६ वर्षकी महिलाको सोमबार विहान साढे ६ बजे भैरहवाको भीम अस्पतालमा मृत्यु भएको छ । कात्तिक १७ गते संक्रमण पुष्टि भएकी उनी १९ गते अस्पताल भर्ना भएकी थिइन् ।
- टीकापुर नगरपालिका–१ कैलालीका ९० वर्षका पुरुषको सोमबार होम आइसोलेसनमा मृत्यु भएको छ । कात्तिक २० गते संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेसनमा थिए ।
- धनगढी उपमहानगरपालिका–२ कैलालीका ८४ वर्षका पुरुषको कोरोना विशेष अस्पतालमा सोमबार विहान मृत्यु भएको छ । कडा खालको निमोनिया देखिएका उनी शुक्रबारदेखि अस्पतालमा भेन्टिलेटरको सहायतामा उपचाररत थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4