
२५ कात्तिक, काठमाडौं । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारको क्रममा बर्दियाका एकजना कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ ।
बर्दियाको राजापुर नगरपालिका–८ का ३२ वर्षीय पुरूषको उपचारको क्रममा मंगलबार बिहान ११ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।
स्वास्थ्यमा समस्यादेखिएपछि उनी १३ कात्तिकमा अस्पतालको प्री–आइसोलेसनमा भर्ना भएका थिए । कोरोना आशंकामा गरिएको परीक्षणमा त्यसको भोलिपल्ट उनको रिपोर्ट पोजेटिभ आएको थियो ।
कोरोना संक्रमण पुष्टि भएसँगै अक्सिजन सपोर्टका साथमा भेन्टिलेटरमा राखेर उनको उपचार थालिएको थियो । रेमडिसिभरको समेत प्रयोग गरी उपचार गर्दा समेत उनलाई बचाउन नसकिएको अस्पतालले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4