+
+
Shares

छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक २५ गते १७:४१

२५ कात्तिक, काठमाडौं । कपिलवस्तु र सुनसरीमा मंगलबार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

कपिलवस्तुको बुद्धभूमि नगरपालिका-९ इमिलियास्थित सडकमा रा.१ ख १६९३ नम्बरको टिपरले लु.२९ प ६५२१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा शिवराज नगरपालिका-११ थुनिया बस्ने ४९ वर्षीय सुरेश तेलीको मृत्यु भएको हाे । दुर्घटनामा परी गम्भीर घाइते भएका उनलाई बुद्धपोली क्लिनिक गोरुसिंङ्गेमा प्राथमिक उपचार पश्चात जिल्ला अस्पताल तौलिहवामा पठाइएको थियो । सोही अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी सुनसरीको हरिनगर गाउँपालिका-३ गौतमपुरस्थित सडकमा को.२ त ९५८९ नम्बरको ट्याक्टर विद्युतको पोलमा ठोक्किँदा रामधुनी नगरपालिका-१ बस्ने १७ वर्षीय मनोज श्रेष्ठको मृत्यु भएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल इनरुवामा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?