Comments Add Comment

गोठाटारमा ७ वर्षीया बालिका बलात्कृत

२६ कात्तिक, काठमाडौं । गोठाटारमा ७ वर्षीया बालिका बलात्कृत भएकी छन् ।

घटनाबारे जानकारी पाएलगत्तै महानगरीय प्रहरी प्रभाग, काँडाघारीबाट खटिएको टोलीले धादिङका ५२ वर्षीय चक्रे तामाङलाई पक्राउ गरेको छ ।

बानेश्वरका डीएसपी दक्षकुमार बस्नेतका अनुसार पीडितले जबरजस्ती करणी भएको भन्ने जानकारी दिनासाथ खटिएको टोलीले पक्राउ गरेर अनुसन्धान थालेको छ ।

पीडितलाई मंगलबार नै थापाथलीस्थित प्रसुति गृहमा स्वास्थ्य परीक्षण गराइएको छ । यद्यपि, रिपोर्ट आइसकेको छैन ।

बालिकालाई फकाएर कोठामा बोलाएर करणी गरेको तामाङमाथि आरोप छ । पीडितले बुधबार राईविरुद्ध किटानी जाहेरी दिने तयारी गरेका छन् । थप अनुसन्धान जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment