+
+
Shares

किसानको धान गाउँपालिकाले निःशुल्क काटिदिने

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक २६ गते १४:२५

२६ कात्तिक, सप्तरी । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले किसानको धान निःशुल्क काट्न शुरु गरेको छ ।

मजदुर लगाएर काट्नुपर्ने झन्झटबाट किसानलाई मुक्ति दिनका लागि गाउँपालिकाले आफ्नो ट्याक्टरको प्रयोग गरेर धान काट्न शुरु गरेको हो ।

गाउँपालिका अध्यक्ष सतिशकुमार सिंहले गाउँपालिकाले खरिद गरेको चार वटा ट्याक्टरको प्रयोग गरी मंगलबारदेखि किसानको धान काटिदिन थालेको बताए ।

८ वटा वडा रहेको गाउँपालिकामा एउटा ट्याक्टरले दुई वटा वडाको धान काट्नेछ । ‘एउटा ट्याक्टरले पालैपालो दुई वटा वडाको धान काट्नेछ’ उनले भने, ‘ट्याक्टर मार्फत् धान काट्पछि समय र लगानी दुबैको बचत हुनेछ ।’

गाउँपालिकामा १ हजार ५ सय बिघा जग्गामा धानखेती लगाइएको सिंहले बताए । यो गाउँपालिकाले किसानले उब्जाएको गहुँ समेत काटेर सहयोग गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?