
२६ कात्तिक, काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण थप २१ जनाको मृत्यु भएको छ ।
काठमाडौंका ९, ललितपुरका ५, सिराहाका २ जना, भक्तपुर, सिन्धुपाल्चोक, सुनसरी, चितवन र कास्कीका १/१ जनाको मृत्यु भएको प्रदेशका सामाजिक विकास मन्त्रालय र सम्बन्धित अस्पतालहरुले जनाएका छन् ।
- काठमाडौंका ६७ वर्षीय पुरुषको बुधबार मृत्यु भएको छ । पार्किन्सन र मिर्गौलासम्बन्धी रोगका बिरामी उनलाई ४ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो भने श्वासप्रश्वासमा समस्या भएपछि १२ गते अस्पताल भर्ना भएका थिए ।
- काठमाडौंकी ६० वर्षीय पुरुषको बुधबार मृत्यु भएको छ । मिर्गौला, पार्किन्सन र नसासम्बन्धी रोगबाट पीडित उनी १८ कात्तिकमा अस्पताल भर्ना भएका थिए ।
- काठमाडौंका ७३ वर्षीय पुरुषको मंगलबार मृत्यु भएको छ । १७ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएका उनी निमोनिया भएपछि २१ गते अस्पताल भर्ना भएका थिए । मिर्गौला प्रत्यारोपण गरेका उनलाई उच्च रक्तचापको समस्या पनि थियो ।
- काठमाडौंका ७१ वर्षीय पुरुषको मंगलबार मृत्यु भएको छ । निमोनिया भएर १५ कात्तिकमा अस्पताल भर्ना भएका उनलाई १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
- काठमाडौंका ७६ वर्षीय पुरुषको मंगलबार मृत्यु भएको छ । उच्च रक्तचाप र कोलस्ट्रोलका बिरामी उनलाई १२ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो भने २० गते अस्पताल भर्ना भएका थिए ।
- काठमाडौंका ६० वर्षीय पुरुषको मंगलबार मृत्यु भएको छ । १७ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएका उनी २० गते अस्पताल भर्ना भएका थिए ।
- काठमाडौंका ५८ वर्षीय पुरुषको मंगलबार मृत्यु भएको छ । २४ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएका उनी श्वासप्रश्वासमा समस्या भएपछि मंगलबार नै अस्पताल भर्ना भएका थिए ।
- काठमाडौंकी ५६ वर्षीया महिलाको मंगलबार मृत्यु भएको छ । ४ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएका उनी श्वासप्रश्वासमा समस्या भएपछि सोमबार अस्पताल भर्ना भएका थिए ।
- काठमाडौंका ७४ वर्षीय पुरुषको मृत्यु भएको छ । उक्त रक्तचाप, मिर्गौला र मुटु रोगका बिरामी उनी १५ कात्तिकमा अस्पताल भर्ना भएका थिए र सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो ।
- ललितपुरका ८० वर्षीय पुरुषको बुधबार मृत्यु भएको छ । उनी निमोनिया भएर १५ कात्तिकमा अस्पताल भर्ना भएका थिए भने १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
- ललितपुरकी ७७ वर्षीया महिलाको मंगलबार मृत्यु भएको छ । निमोनिया भएर १९ कात्तिकमा अस्पताल भर्ना भएका उनलाई २० गते कोरोना पुष्टि भएको थियो ।
- ललितपुरका ८० वर्षीय पुरुषको सोमबार मृत्यु भएको छ । निमोनिया भएर १६ कात्तिकमा अस्पताल भर्ना भएका उनलाई सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो । उनी अल्जामर्स र श्वासप्रश्वासम्बन्धी रोगका बिरामी समेत थिए ।
- ललितपुरका ८० वर्षीय पुरुषको मृत्यु भएको छ । ७ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएका उनी श्वासप्रश्वासमा समस्या भएपछि १६ कात्तिकमा अस्पताल भर्ना भएका थिए । उनी उच्च रक्तचाप र मधुमेहबाट समेत पीडित थिए ।
- ललितपुरकी ६९ वर्षीया महिलाको मृत्यु भएको छ । उनी २७ असोजमा मुटुसम्बन्धी समस्या लिएर अस्पताल भर्ना भएकी थिइन् ।
- भक्तपुरकी ६३ वर्षीया महिलाको मंगलबार मृत्यु भएको छ । उक्त रक्तचाप, श्वासप्रश्वास र मुटुको बिरामी उनी २१ कात्तिकमा अस्पताल भर्ना भएकी थिइन् ।
- सिन्धुपाल्चोककी ४८ वर्षीया महिलाको बुधबार मृत्यु भएको छ । मिर्गौलासम्बन्धी रोगबाट पीडित उनी श्वासप्रश्वासमा समस्या भएपछि मंगलबार अस्पताल भर्ना भएकी थिइन् ।
- भरतपुर महानगरपालिका–२, चितवनका ५५ वर्षीय पुरुषको बुधबार चितवन मेडिकल कलेजमा मृत्यु भएको छ । स्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना भएका उनमा ११ कात्तिकमा संक्रमण पुष्टि भएको थियो ।
- धरान उपमहानगरपालिका–१४, सुनसरीका ७३ वर्षीय पुरुषको बुधबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । २३ कात्तिकमा संक्रमण पुष्टि भएका उनी बुधबार नै अस्पताल भर्ना भएका थिए ।
- धनगढी नगरपालिका–४, सिराहाका ७० वर्षका पुरुषको बुधबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका उनमा १७ कात्तिकमा संक्रमण पुष्टि भएको थियो ।
- विष्णुपुर गाउँपालिका–२, सिराहाका ३५ वर्षीय पुरुषको बुधबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । स्वास्थ्यमा देखिएपछि अस्पताल भर्ना भएका उनमा १९ कात्तिकमा संक्रमण पुष्टि भएको थियो ।
- रुपा गाउँपालिका–५, कास्कीका ७२ वर्षीय पुरुषको बुधबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । २४ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको उनमा निमोनिया र मिर्गौलासम्बन्धी समस्या थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4